एक महिनामा गाँउ झलमल स्थानीय बासी खुसि

कालीकोट जिल्ला पलाता गाउपालीका बडा २मा रहेको बान्जाडा तलसेरीमा बिकासको गती ढिलो भएर नागरिकहरु दिक्क भएका वेला एक महिनामा साना जलबिद्युतको निमार्ण कार्य सकिएर नागरिकले उज्यालो भए भन्दा कसैले पनि पत्याउदैनन । तर कालिकोट जिल्लाको पलाँता गाउपालिका वडा नं २ वान्जडा तलसेरीमा एतिहासिक काम भएको छ । एक महिनामा ४ किलो वाटको बिद्युत उत्पादन गरेर इतिहास नै रचेका छन । पलाँता गाउपालिकामा गठन भएको पलाँता निमार्ण कार्यदलको पाँच,लाख सहयोगमा निमार्ण भएको जलबिदुतको गाउपालिका अध्यक्ष लक्ष्मण वहादुर बमले उद्द्घाटन गर्नु भएको छ ।

वडामा आयोजित एक कार्यक्रमका बिचमा अध्यक्ष बमले वकती वालेर उद्द्घाटन गर्नु भएको बिद्युत निमाणको जिम्मा लिनु भएको प्राबिधिक जनराज बमले वताउनुभयो । उहाँले निमार्ण कार्यको जिम्मा लिनु भएको थियो । लामो समय सम्म उर्जा क्षेत्रमा काम गदै आएकाले पलाँताको बिद्युत आयोजनाको जिम्मेवारी बमले पाउने गर्नु भएको छ । कार्यक्रममा वडा नं २ का अध्यक्ष बिरि बिकको सहमेत सहभागीता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *