भवन निर्माणका लागि ४ सय ६५ वर्गमिटर निशुल्क जग्गा दान

कर्ण कुमाल
कालिकोट जिल्लाकोट रास्कोट नगरपालिका ३ वडा कार्यालयको भवन निर्माणको लागि स्थानीय मनहरे कुमलले, ६ लाख मूल्य पर्ने जग्गा निशुल्कउपलब्ध गरेका छन्। ६५ वर्षिय कुमालले होमवारमालपोत कार्यालय मान्ममा आई वडा कार्यालयको नाममा रजिष्ट्रेशन पास जग्गा निशुल्क उपलब्ध गराएका हुन्। ६५ वर्षिय कुमालले वडा अध्यक्ष देउसिंगे कुमाललाई हस्तान्तरण गरेका हुन । जग्गा दाता ६५ वर्षिय मनहरे कुमाले भन्नु भयोे, ‘भाडाको घरमा वडा कार्यालय संचालन भइरहेकाले वडा भवन निर्माणको लागि निःशुल्क जग्गा दान गरेको हुँ ।’ वडाका स्थानीय जनताले सहज तरिकाले सेवा पाउन भन्ने उद्देश्यका साथ आफूले जग्गा दान गरेको कुमालको भनाइ छ । थानीय वडा वासीलाई भवन निर्माण गर्दा आर्थिक भार नपरोस् भन्ने उद्देश्यले पारिवारिक सहमतिमा निशुल्क जग्गा दिइएको उहाले बताउनु भयो। निशुल्क जग्गा पाउदा वडा अध्यक्ष कुमालले खुसी व्यक्त गरेका छन्। ‘वडाले यसरी जग्गा पाउनु भनेको नगर सरकारको लागि चुनौती छ,’ उनले भने, ‘वडा वासीलाई सहज तरिकाले सेवा पाउनु भन्ने उद्देश्यले यसरी जग्गा दान गरिएको छ। वडा वासीकै चाहना बमोजिम सेवा गर्ने प्रतिवद्धता जनाउनु भयो ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!