साफ च्याम्पियनसिप महिला फुटबलमा आज नेपालले श्रीलंकासँग खेल्ने

मातृभूमी संवादाता । ६ चैत्र विराटनगर
विराटनगरमा जारी साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । यो खेल विराटनगरको शहीद रंगशालामा बिहान ११ बजे सुरु हुनेछ । खेल जित्दै फाइनलमा पुग्ने नेपालको लक्ष्य छ ।
अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न नसकेको नेपाल यसपटक घरेलु मैदान र समर्थकको साथमा पहिलो पटक च्याम्पियन बन्ने अभियानमा रहेको छ । नेपालले समूह चरणको खेलमा भुटान र बंगलादेशलाई पराजित गरेको थियो ।
उता श्रीलंकाले भने समुहका खेलमा माल्दिभ्सलाई पराजित गर्दा भारतसँग हारेको थियो । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आजै भारत र बंगलादेश भिड्नेछन् । यो खेल नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!