प्रचण्डविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग

मातृभूमी संवादाता । ६ चैत्र काठमाण्डौ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध अमेरिकामा उजुरी परेको छ । पत्नी सीता दाहालको उचारका लागि भन्दै अमेरिका पुगेका प्रचण्डलाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी हालिएको हो ।
अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलकबहादुर श्रेष्ठले बाल्टीमोर स्थित संघीय ब्यूरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै तत्कालीन माओवादीका अध्यक्ष समेत रहेका प्रचण्ड विरुद्ध उजुरी हालेका हुन् ।
श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबीआईमा उजुरी दिँदै प्रचण्डलाई पक्राउ गर्न माग गरेका छन् । उजुरीमा प्रचण्डलाई परिचित आतंकवादी भनिएको छ । उनले ‘जनयुद्ध’को समयमा १७ हजार गरिब नेपालीको हत्या गरेको र उनको नाम अमेरिकाको आतंकवादीको सूचीमा समेत रहेकाले पक्राउ गरी कारबाही गर्नका लागि आग्रह गरिएको छ ।
पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका दाहाल जोन हकिङ्स अस्पतालमा रहेको जानकारी दिँदै उजुरीकर्ता श्रेष्ठले नैतिक मूल्य र मान्यता, अन्तराष्ट्रिय कानुन र अमेरिकाले आतंकवादविरुद्ध लिएको प्रतिबद्धताको आधारमा उनलाई पक्राउ गर्नुपर्ने जिकिर गरेका छन् ।

उजुरी पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!