कमल कुमाल कालिकोट: कालिकोट जिल्लाकाे पलाँता गाउँपालिकामा रहेको पलाँता अस्पतालले १५ बेटको सरुवारोग शाखा पलाँता गाउँपालिकाको थिर्पुमा स्थापना गरी सेवा सुविधा सनिबार देखि संञ्चालनमा ल्याइएको छ। पलाँता गाउँपालिकाले कोरोना संक्रमण पुष्टि भएका नागरिकहरुलाई पूर्ण ब्यवस्थापनका साथ सरुवारोग शाखाको अस्पताल थिर्पुमा राखेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती कान्छाँले जानकारी दिनुभयो।
कोरोना भाईरस कोभिड–१९ को यो बिसम परिस्थितीमा आबश्यक परे थप गर्ने गरी अस्पताल संञ्चालनमा ल्याएको बताउदै अब पलाँता बासिले उपचारको अभाव महसुश नगर्ने उहाँले बताउनु भयो।अस्पतालमा ११ जना स्वास्थ्यकर्मी र चिकित्सकको निरन्तर निगरानी रहने गरी सेवा सुचारु गरीएको र उक्त अस्पतालमा अक्सिजन सहितको ब्यवस्थापन गरेर सेवा सुचारु गरिएको अध्यक्ष बमले बताउनु भएको हो।