आर्थिक अभाव कारण , मृत्यु सँग जुधिरहेकी जगन्नाथ की सुर्पना

बाजुराः जिल्लाको जगन्नाथ गाउँपालिका–६ तल्लो कार्पीकी सुर्पना दमाई आर्थिक अभावमा उपचार नपाएर मृत्यु सँग जुधिरहेकी छन । सुर्पनाको हात र केही भाग शरिर जलेको छ । उनि दुवै आखाँ देख्दिनन् ।उनका श्रीमान जैमल दमाई पनि अशक्त नै छन । जैमल दमाईको उपचारका लागि जैमल दमाईका बुवाले केही खेतहरु बेचिसकेका र बाँकी खेतहरु पनि पहिरोले बगाएको हुदाँ अव उपचार गर्नका लागि सुर्पनासँग कुनै स्रोत साधन र पैसा नभएको सामाजिक परिचालक सुर्जा बुढाले बताइन् ।

सुर्पनाका तीन वटा सन्तान छन् ।उनक जेठा छोरा १४ बर्षको उमेरमै आमाको उपचार र अशक्त बुवा र आमाको उपचारका लागि भनेर भारत गएका छन्। उनीसंग कान्छीआमा छोरा र भाई पनि पढ्नेलेख्ने उमेरमा भारत गएका छन् ।उनका माइलो छोरा पाँच कक्षामा श्री शम्भुनाथ आधारभुत विद्यालय तल्लोकाप्री मा अध्ययनरत छन ।छोरालाई विद्यालय पठाएपनि आर्थिक अभावका कारण एक जोर विद्यालय पोसाक सम्मको व्यवस्था गर्न नसकेको सर्पनाले रूदै दुखेसो पोखेकी छन ।

आफै दिशा पिसाब पनि गर्न नसक्ने सुर्पना अहिले बालक माइलो छोरा र कान्छो छोराका साहारामा बस्दै आएकि छन् ।सुर्पनाका परिवारलाई बिहान खाए बेलुका पुग्दैन, बेलुका खाए बिहान पुग्दैन । दृष्टी बिहिन त्यसैमा शरिर जलेकाले सुर्पना केहि काम गर्न सक्दिनन् ।

सुर्पना सेरिजिउलामा झारफुकमै रहेका बेला गत बैशाखमा सम्पन्न दोस्रो स्थानीय निर्वाचनमा उम्मेदवारले उनलाई दुई हजार भाडा दिएर मताधिकार प्रयोग गर्न बोलाए ।निर्वाचन पछि उनको उपचारका लागि खर्च व्यहोर्ने प्रतिबद्वता जनाएका उम्मेदवारले पछि झारफुकका लागि सेरिजिउलासम्म जाने व्यवस्था समेत नगरेको सुर्पनाले गुनासो गरिन। अहिले उनि आफ्नै घरमा मृत्युसंग लडिरहेकी छन् ।

आर्थिक अभावमा रहेकी सुर्पना दमाई लाई सहयोग गर्न चाहने सम्पूर्ण मनकारी व्यक्तिहरूले ९८६६१०७२६८ र ९७४८३५२२६८ मा सम्पर्क गर्न सामाजिक परिचालक बुढाले सबै आग्रह गरेकि छन् ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!