घरदैलोमा नै सामाजिक सुरक्षा भत्ता वितरण

पहिलो चौमासिकमा घरदैलोमा पुगेर भत्ता वितरण गरेको तिलागुफाले दोस्रो चौमासिक वापत कात्तिकदेखि पुससम्मको भत्ता पनि घरदैलोमा नै पुगेर वितरण गरेको तिलागुफा नगरपालिका प्रमुख शंकर प्रसाद उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार सामाजिक सुरक्षा भत्ता लिन जनतालाई बैंकसम्म आइपुग्ने झन्झटबाट मुक्त गर्न टोलमै पुगेर भत्ता वितरण गर्न थालिएको हो । उपाध्यायले स्थानीय तह निर्वाचनका बेला आफू प्रमुखमा निर्वाचित भएमा गाउँ–गाउँमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिबद्धता जनाएका थिए ।
‘मैले चुनावमा जनता सामु गरेका बाचा पूरा गर्दै टोल–टोलमा सामाजिक सुरक्षा भत्ता वितरण अभियानलाई निरन्तरता दिएको छु,’ उपाध्यायले भने, ‘पहिलो प्राथमिकता नै अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई कसरी सहज रुपमा गाउँमै भत्ता पुर्‍याउन सकिन्छ भन्ने थियो, त्यो वाचा पूरा गर्न सफल भएको अनुभूति भएको छ ।’

टोल–टोलमा भत्ता वितरण सुरु गरिएसँगै अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गाउँबाट आएर गाल्जेमा रहेको बैंकको ढोकामा घण्टौँ लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता हटेको छ । नगरपालिकाको यो कामका कारण ज्येष्ठ नागरिक खुसी भएका छन् ।
गाउँमा नै पुगेर भत्ता वितरण गर्ने कार्यक्रम जारी रहने नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले बताए । उनले भने, ९ वटै वडाका सबै टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणमा सहज वातावरण सिर्जना गरिने बताए ।

गाउँमै भत्ता प्राप्त गरेपछि सेवाग्राही खुसी भएका छन्। जेष्ठ नागरिकहरू भत्ता लिनकाे लागि एक दिन लगायर बैंकमा लाईन लागेर लिन जानू पर्ने बाध्यता अन्त्य भएको हाे । घुम्ति सेवा सुरु गरि घरमा नै सामाजिक सुरक्षा भत्ता पाउदा धेरि सहज भएकाे ८२ बर्षिय वृद्ध साैउरे लाेहारले बताए ।
साथै वडा नम्बर ८ कि एकल महिला लाल्का लाेहारले समेत घरमा काम छाेडेर दुईदिन लगायर लिन जानू पर्थ्याे बाध्याता टरेकाे बताइन । उनले खुसि हुँदै भनिन्, भत्ता घरमा नै पाउँदा सिंहदरबार गाउँमा आएकाे महशुष भएको बताइन् ।ईकर्णालि पाटि

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!