तिलागुफाको चिल्खायादेखी, महिलाको प्रजनन् स्वास्थ्य शिविर सुरु
कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाले प्रजनन् महिला स्वास्थ्य शिविरको सुरुवात गरिएको छ ।नगरपालिका भित्रका सबै नागरिकहरुलाई स्वास्थ्य शिविरको पहुँच पु¥याउनका लागी नगरपालिकाले शिबिर संचालन गरेको हो । ग्रामीण क्षेत्रमा रहेका महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धी उपचार पु¥याउने उद्देश्यले सुरु भएको सो शिविरमा महिलाले स्त्रीरोग सम्बन्धी स्वास्थ्य परीक्षण गराउन पाउने भएका छन ।
स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त प्रजनन् स्वास्थ्य शिविरमा चिल्खाया ९,१० र ११ वडामा शिविरको पहिलो दिन तीन सय पाँचजना महिलालाई परिवार नियोजन सेवा, पोषण परामर्श, पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको जाँच, सुरक्षित गर्भपतन परामर्श सेवासहित निःशुल्क रुपमा औषधि समेत वितरण गरिएको डाक्टर अप्सरा हमालले बताइन ।
वुधवार एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख शंकरप्रसाद उपाध्याय र नगर उपप्रमुख महेन्द्र शाहीले शिविरको उद्घाटन गरेका छन ।अव नगरपालिकाका सवै वडामा यो शिविर संचालन गर्ने भएको छ ।