नगर प्रमुख उपाध्याय द्धारा प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम सिलान्यास
कालिकोट तिलागुफा नगरपालिकाले विकास निर्माण र जनताको माग अनुसार एक पछी र्को अर्को कामलाई तिब्रता दिदैं गएको छ । नगरपालिकाले प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत पर्यटन प्रबर्द्धनका लागि रेलिङ बाटो सिलान्यास गरेको छ ।
साविक चिल्खायामा कृषि सडक ग्राविल गर्ने कामको शिलान्यास गरि काम सुरु भएको छ । उक्त कृषि सडक ग्राविलको बाटो १ करोड ३१ लाखको लागतमा बन्ने बताइएको छ ।
त्यस्तै अर्को तिलागुफा ७ बालीगाडबाट छाप्रे सम्म ३७ लाखको लागतमा रेलिङबाटो निर्माण गर्न लागिएको पालिका उप–प्रमुख महेन्द्र बहादुर शाहिले बताउनु भयो ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख शंकर उपाध्याय, उपप्रमुख महेन्द्र बहादुर शाही, वडा अध्यक्ष दिप बहादुर शाही लगायत स्थानीयको सहभागीता रहेको थियो । उक्त बाटोको नगर प्रमुख उपाध्यायले सिलान्यास गर्नु भएको हो ।