बुढीनन्दा–५ को पुनः हनुे मतदानका लागि कर्मचारी खटाइने
बाजुराः जिल्लाको बुढीनन्दा नगरपालिका–५ को पनुः हुने मतदानका लागि आज नै ८ जना कर्मचारी खटाइने भएको छ ।मंसिर चार गते सो ठाउँमा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ता विच दोहोरो झडप भइ मतदान सामाग्रीमा आक्रमण हुदाँ मतादान स्थगित गरिएको थियो ।
मतदान कार्यलाई स्वस्च्छ र मर्यादित बनाउन मतदान केन्द्रमा आज बेलुका सम्म पुग्ने गरि कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।
जिल्लाको ९ वटै पालिकाका अन्य सबै मतदान केन्द्रको मतदान सम्पन्न भइ मतपेटीका सदरमुकाम मार्तडी पुगिसकेका छन भने सो मतदान केन्द्रमा मतदान कार्य स्थगित गरिएको थियो ।
स्थगित गरिएको मतदान मिति २०७९ साल मंसिर १० गते विहान ७ बजेबाट सुरु भई सोहि दिनको बेलुका ५ बजे सम्पन्न हुने छ ।
सो ठाउँका मतदातालाइ सहज तरिकाबाट मतदान गराउनका लागि प्रयाप्तमा मात्रामा सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।