जिप दुर्घटना ५ जनाको मृत्यु, ४ जना घाइते

गुल्मी गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । आज बिहान साढे २ बजेतिर सत्यवती गाउँपालिकाको कुटडाँडामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कुरा गर्दै कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवराज खरेलले दुर्घटनामा परेर जिप धनी ५१ वर्षका झलक समै, ५५ वर्षका टिका राहादी, ४७ वर्षका रणबहादुर सिजापती, २५ वर्षका मिलन तरामो र ४३ वर्षका जमुना सोेमाइको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । घाइते ४ जनालाई उपचारको लागि पाल्पा पठाइएको छ ।

राति ठूलो लुम्पेकदेखि कुटडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप दुर्घटनामा परेको हो ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!