तीन हजार नागरिकको घरको बिमा गर्दै, नगर सरकार

भुकम्प,बाढीपहीरो र बिपत बाट हुने क्षेतिबाट नागरीकको घर भत्के प्राबिधिक मुल्यांङकनका आधारमा न्युनतम ५० हजार देखि ५ लाख सम्मको बिमा सुबिधा पाउने गरि कालिकोटको रास्कोट नगर सरकारले तीन हजार नागरिकको घर बिमा गर्ने भएको छ । बुधबार रास्कोट नगर प्रमुख धर्मराज शाही पोषणले कार्यपालिका बैठकमा नागरिकको घर बिमा गर्ने प्रस्ताव पेस गरेपछी सर्वस्वीकृतरूपमा पास भएको नगरका प्रबक्ता तथा वडा नं ९ अध्यक्ष धन ब धामी ९ महानले रेडियो प्रदेश प्रदेश आवाज लाई जानकारी दिनु भयो ।

कार्तिक २३ गते राति डोटी खप्तडक्षेत्रमा केन्द्रबिन्दु भएर भुकम्प गएको र गत महिना अबिरल वर्षा पछीको बाढीले प्राय कच्चि संरचनाका नागरिकका घरहरूमा क्षेति पुर्याए पछी नगर प्रमुख शाहीले तत्काल बिमा कम्पनि हायर गरेर भवनको बिमा गराउने निर्णय लिएको नगर प्रमुख शाहीले बताउनु भयो ।

बिमा पोलेसी अनुसार प्रत्यक बर्ष सम्पति बिमा अन्तरगत सम्बन्धित घर धनिले प्रिमियम तिर्नु नप्रने गरि बिमा हुने सरकारको निर्णय छ घरधनिले बिपत हुदा नागरिकले सुबिधा पाउने गरि बिमा गर्न लागीएको नगरले बताएको हो ।यो पनि रास्कोट नगर सरकारको शुसासन योजना र मेयर हेल्थकेयर अनि घरघरमा सामाजिक सुरक्षा भत्ता हरेक महिना नगरका सेवा घरघरमा पुर्याउने योजना पछिको प्रभावकारी जनपक्षिय निर्णय भएको नगरको दाबि छ ।

मंगलवार राति डोटी जिल्लाको पुर्वीचौकी गाउँपालिका ३ गैरागाउँ एउटै परिवारका ४ जनाको निधन हुने गरि भुकम्प गए पछी पुर्व तयारी स्वरूप नगरले बिपत राहात कोष खडा गर्ने र बिपत प्रतिकार्य योजना अनुसारनै यो निर्णय भएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!