कर्णालीको किनारमा तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठक 

दैलेख आठबीस नगरपालिका अन्तर्गत पर्ने कर्णाली नदीको किनारमा दैलेख, कालीकोट र अछाम जिल्लाको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक तीनवटै जिल्लाका प्रजिअ सहित सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमो चुनाव केन्द्रीत बैठक बसेको छ । बिहीबार कर्णाली प्रदेशका दैलेख र कालिकोट तथा सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाबीच सुरक्षा समन्वय बैठक बसेको हो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आठबीस नगरपालिका–४ राकमकर्णालीस्थित कर्णाली किनारमा बसेको बैठक आसन्न निर्वाचन, विपद् व्यवस्थापन लगाएतका विषयमा केन्द्रित रहेको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद कोइरालाका अनुसार तीन जिल्लाको सुरक्षा बैठक मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि केन्द्रित थियो ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!