पर्यटकीय सम्भावना युक्त त्रिवेणी पाटन

कालिकोट सान्नी त्रिवेणी गाउँपालिकाको मुम्रा लेकमा पर्ने त्रिवेणी पाटन पर्यटकिय संम्भावना बोकेको क्षेत्र हो । यो कालिकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धार्मिक मन्दीरका कारणले पनि चर्चामा रहेको छ ।
समुद्र सतहबाट ४२ सय १९ मिटर उचाइमा रहेको त्रिवेणी पाटन सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ टेक्न पाइने र मनोरम प्राकृतिक दृश्यहरू त्रिवेणी पाटनका विशेषता हुन् ।
त्रिवेणी पाटन घुम्नलाई बैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ । नजिकै रहेको बडिमालिका मन्दीरमा साउन जनै पूर्णिमाको अघिल्लो दिन लाग्ने मेला लाग्ने गर्छ । मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाट पनि मानिसहरू बडिमालिका पुग्ने गरेको सान्नी त्रिवेणी गाउँपालिका पूर्व अध्यक्ष डम्बरबहादुर शाहीले बताए । ‘त्रिवेणी पाटन आसपासमा रहेका २२ वटा पाटनमा सयौं प्रजातिका फूल फुल्छन् ।’ उनले भने,‘यो क्षेत्रका ३२ वटा पाटनमध्ये १२ वटा पाटन कालिकोट क्षेत्रमा पर्ने र २० वटा बाजुरा क्षेत्रमा पर्दछन् । यस पाटनको आक्रषर्ण भनेको जंगली जनवार पनि हुन् । कस्तुरी, मृग, हिउँचितुवा, हिमालयन थार, हिमाली भालु, वन कुकुर, नायरलगायत वन्यजन्तु यो क्षेत्रमा पाइने रामारोसन गाउँपालिकाका रामबहादुर साउँदले बताए । ‘जडिबुटीका लागिसमेत त्रिवेणी क्षेत्र प्रख्यात रहेको छ ।’ उनले भने,‘यो क्षेत्रमा ४५ भन्दा बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडिबुटी पाइने गरेको छ ।


त्रिवेणी पाटन, बडिमालिका र रामारोसन ताल क्षेत्र आसपासका क्षेत्रलाई समेटर संरक्षित क्षेत्रका रुपमा विकास गर्न स्थानीय सरकारहरुले तयारी थालेका छन् । त्रिवेणी पाटन, रामारोसन र बडिमालिका आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुन सक्ने त्यसका लागि पहिलो चरणमा त्यस क्षेत्रमा चरिचरन, जडिबुटी निकासी बन्द गर्न लागिएको छ ।
त्रिवेणी पाटन समुन्द्री सतहदेखि करिव ४ हजार मिटरको उचाइमा रहेको छ । त्रिवेणी पाटन मात्र नभएर त्रिवेणी धामको रुपमा परिणत भएको छ । नेपालको पुर्व मेचि देखि पश्चिम महाकाली सम्मका हजारौ थिर्तालु भक्तजनहरु त्रिवेणी पाटन भएर बडिमालीकाको दर्शन गर्छन् । कालिकोट र बाजुराको सिमा क्षेत्रमा रहेको बडिमालिका मन्दिरको दर्शन गर्न एक दिन एक रात त्रिवेण धाममा वास वसेर भक्तजनहरु जाने गरेका छन् ।

पाटनबाट तिन वटा मुहान फुटेर तिन वटा खोला बनेपछि तिन खोलाको संगम हुँदा यसको नाम त्रिवेणी राखिएको जानकारहरु बताउँछन् । कर्णालीका सवै जिल्ला र सुदूरपश्चिम पहाडका बझाङ, बाजुरा, डोटी, वैतडी र अछामको संगमस्थलको रुपमा त्रिवेणी धामलाई लिन सकिन्छ । त्रिवेणी क्षेत्रमा पुग्नै गाह्रो छ तर, पुगेपछि भने पर्यटकका मनहरु पनि रोमाञ्चित हुन्छन् ।


प्रकृतिका अनेक छटाले धार्मिक तथा पर्यटकीय क्षेत्र भनिए पनि त्रिवेणी अत्यान्तै दर्शनीय छ । त्रिवेणी पाटनको जुनसुकै भागमा उभिएर हेर्दा पनि मानिसले मनोहर प्रकृतिको विपुल छटाहरूले घेरिएको पाउँछ । विशाल गलैंचा ओछ्याइएका जस्तै लाग्ने ठूला–साना पाटनले घेरिएको त्रिवेण हेर्न आएका आगन्तुकको मननै लोभ्याउछ । त्रिवेणीको वरिपरि मिलाएर उमारिएका जस्ता लेकाली वन, पानीको कलकल र अलिपरतिर लस्करै उभिएका पाटनले त्रिवेणीलाई पृथ्वी–तलको स्वर्ग जस्तै कन्चन बनाएको छ ।

त्रिवेणीले पश्चिम नेपालको धार्मिक–सांस्कृतिक आयाम निकै थपेको छ । विभिन्न प्रजातिका वनस्पति रहेका छन् । त्रिवेणी क्षेत्रमा एक सय भन्दा धेरै विभिन्न किसिमका फूल फुल्छन् र २ सय भन्दा धेरै किसिमका चराचुरुङ्गीहरु छन् सयौं खाले जडिवुटि पनि पाइन्छ । अपार पर्यटकीय सम्भावनासहितको त्रिवेणी पाटनको विकासमा सरकारको ध्यान भने पुगेको छैन । मौ’म अनुसार मात्र पर्यटक पुग्ने हुनाले यो क्षेत्रमा बास र खानपिनकोे प्रबन्ध छैन ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!