कृषि उपज संकलन केन्द्र उद्घाटन

बडीमालिका नगरपालिका वडा नम्बर ६ जडाङ्गामा बडीमालिका सामुदायिक बिउ बैंक उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । बडीमालिका नगरपालिका ,सहास नेपाल ,आई.एन.एफ र ६ नम्बर वडा कार्यालयको संयुक्त साझेदारीमा स्थापना गरिएको बिउ बैंक तथा कृषि उपज संकलन केन्द्र उद्घाटन गरि स्थानीय लाई हस्तान्तरण गरेको छ ।

वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण खड्काको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रम प्रमुख अतिथि नेकपा एमाले केन्द्र सदस्य लालबहादुर थापा बिशिस्ट अतिथि नगर प्रमुख अमर खड्का बिशिस्ट अतिथि नगर उप(प्रमुख नन्दा थापा अतिथि सदस्य परे बडुवाल ,अमर बडुवाल र स्थानिय हरूको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको छ ।

भवन उद्घाटन भए संगै स्थानिय समिति गठन पनि गरिएको छ । स्थानीय समिति गठनमा अध्यक्ष टेक बडुवाल उपाध्यक्ष गगी बडुवाल सचिव अशोक कार्की लगायतको समिति गठन गरि दुई जना स्थानीय कर्मचारी खटाइ भेलिबाट दैनिक रूपमा सञ्चालन गरिने खड्काले बताए ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!