रास्काेट नगरपालिकाकाे १० अौ नगर सभा उदघाटन

आगामी आर्थिक वर्ष २०७९÷८० का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणमा रास्काेट नगरपालिका जुटेका छन् । असार १० गते नीति कार्यक्रम र बजेट ल्याउनु पर्ने प्रावधान अनुसार कालिकाेटका तिन नगरपालिका र छ वटा गाउँपालिका बजेट निर्माणमा जुटेका हुन् ।

स्थानीय तह निर्वाचनबाट विजयी भएका नयाँ जनप्रतिनिधिहरुले पाँच वर्षे विकासको खाँका बनाउन जुटेका छन् । स्थानीयतहमा देखिएका नयाँ अनुहारले पृथक नीति र कार्यक्रम ल्याउने नागरिकको अपेक्षा छ

रास्ककाेट नगरपालिकाकाे १० अौ नगर सभा शुरू भएकाे छ । रास्काेट नगर प्रमुख धर्मराज शाहिकाे अध्यक्षतामा नगर सभा उदघाटन भएकाे हाे । नगर सरकारले आफ्नो नीति तथा कार्यक्रममा आगामी वर्षमा नगरले भौतिक पुर्वाधारमा सडक, शिक्षा,स्वास्थ्य ,खानेपानी र सुशासनका सवालमा बजेट केन्द्रित गर्ने गरी  नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे  छ ।
नगर सरकारका प्रमुख धर्मराज शाही पोषणले सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा हरेक वडाका एक सार्वजनिक स्थलमा  फ्रिवाइफाइ जोन ब्यवस्थापन गरेर समुदायलाई इन्टरनेट पहुचमा पुर्याउने  ब्यवस्था मिलाउने  नीति तथा कार्यक्रममा समाबेस गरिएको छ ।
नगर सरकारले नगरभित्र का  साना बजार ब्यवस्थित गर्दै एक नगरबस  सेवा संन्चालन गर्न लागिएको  नीति तथा कार्यक्रममा उल्लेख छ ।
रास्ककाेट नगरपालिकाले शिक्षा,स्वास्थ्य र रोजगारसंगै उत्पादनमुखी क्षेत्रलाई प्रथामिकता नीति कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको रास्काेट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत जवानसिह बमले बताउनुभयोल।

उहाँले भन्नुभयो,“विगतको भन्दा पृथक नीति र कार्यक्रमको तयारीमा छौ । उत्पादनमुखी बजेटलाई प्रथामिकता दिने पक्षमा सबै जनप्रतिनिधि छन् । कुर्सी पयर्टन शहरिकरण र बिधुतकाे पुर्वाधार ,सुन्दर सम्वुद्व रउज्यालाे रास्काेटकाे आधार नगरपालिका बनाउन शिक्षा र उत्पादनशील क्षेत्र नै पहिलो प्रथामिकतामा छ ।”

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!