१९ बुदामा जनप्रतिनिधिलाई निबर्तमान अध्यक्ष बमको सुझाव

कालिकोट जिल्लाको पलाता गाउँ पालिका नि बर्तमान अध्यक्ष लक्ष्मण बहादुर बम पलातिकान्छाले सामाजिक संजाल फेस्बुक मार्फत नब जन प्रतिनिधि लाई १९ बुदामा सुझाव दिनु भएको छ। उहाँ एस्तो लेख्नु हुन्छ । पालिका नमुना बनाउने सोचका साथै तपाईं बजेट ल्याउदै हुनुहुन्छ सम्पुर्ण जनप्रतिनिधि ज्यु हरुलाई केही कुरामा ध्यान दिनका लागि मेरो अनुरोध छ ।

१)नागरिकको अबस्था बर्गिकरण गर्नुहोस् र सबै भन्दा न्यून बर्गबाट लगानि सुरु गरि उनिहरुको इच्छा र परम्परागत अनुसार आधुनिकरणमा ध्यान दिएर उत्पादन र जिबिको पार्जन मा लगाउनु पर्छ । २) बेसाहारा र भुमिहिनलाई साहारा बन्दै भुमि हिनलाई खालि जग्गामा बस्ति ब्यबस्थापन गरि शिक्षा , स्वास्थ्य , खानेपानी सिचाइ , बिद्धुत र यातायात का आधारत कुरा स्थापना र ब्यबस्था गरिनु पर्छ ।
३) युवाहरुलाई उत्पादन बिर्गेट बनाई लगानि गर्नुहोस् काममा खटिने युवाको खाता खोलि दैनिक ज्यालमा ५०% ब्याक्तिगत खातामा र ५०% निर्माण र सोही उत्पादनको जगेणना कोष खडा गरि जम्मा गरिने ब्यबस्था मिलाइयोस् र ५० पूरा भइ ६० ननाघेका नागरिकलाई संकलन र प्रसोधनको काममा लगाउने प्रबन्ध मिलाउनु पर्छ ।
४) शिक्षामा पुर्ण सरकारि परिक्षामा गृहकार्य प्रणालि ८५ % हाजिर नहुने बिद्यार्थीलाई परिक्षामा सामेल नगराउने , मा बि तहमा अनिवार्य प्राबिधिक ल्याप सहित ३३ % थेउरि र ६७ % प्राटिकल गराउने ब्यबस्था लागू गरिनु पर्छ । अभिभावक र बिद्यालय परिवार मैनाको एक सुक्रबार अनिवार्य अन्तरकृया कार्यक्रम राख्नुहोस,

 

५) एक टोल एक हेल्थ डस्क को ब्यबस्थापन , भौगोलिक आधारमा बढिमा ३ वटा सुबिधायुक्त स्वास्थ्य चौकि र पालिकाको एक सुबिधा सम्पन्न अस्पतालको ब्यबस्थापन , बिद्यालय मा प्राथमिक उपचारको हप्तामा एक घन्टि पढाउने र सिकाउने ब्यबस्थापन मिलाउनु पर्छ ।
६) खानेपानीको धारा सबैको घरमा जोडियोस् खानेपानि निर्माण गर्दा सबैघरको अनिवार्य उपस्थित काममा गाइयोस रोजगारिका कारण उ कामा नआउन सक्ने भए उस्ले दैनिक पाउने प्राश्रमिकको ७० % अरुले काम सकिन कति दिन लाग्छ खानेपानि आयोजना को मर्मत संभार कोषमा जम्मा गरे मात्र धारा जोड्न लगाइयोस् साथै अन्य कामदारको दैनिक ज्यालाको २५ % मर्मत संभार कोषमा जम्मा गर्ने ब्यबस्था मिलाइयोस् र उठेको रकम र आयोजना को बिमा बाट आउने रकमको ५० % मर्मत पछि जम्मा गरेर त्यो उत्पादनमा लगानि लगाएर आउने ब्याज बाट खानेपानी हेरालालाई मासिक प्राश्रमिकको ब्यबस्था मिलाएर निरन्तर निसुल्क नागरिकलाई घरभित्र पानी खाने बाताबरण बनाउनु पर्छ ।

 

७) सबैको घरमा बत्ति बालियोस् , बत्ति जोडेर बाल्न नसक्ने घरकालाई आयोजनामा काम दिई ४० % रकम बाट बत्ति घरमा जोडि १०० युनिट भन्दा तलको महसुल छुटको ब्यबस्था मिलाउनु पर्छ । ८) कृषि अनुदानमा नगत हैन बीउ बिजन , बोट बिरुवा , कृषि अौजार , र अन्य प्रबिधिहरु मात्र हस्तान्तरण गर्ने ब्यबस्था मिलाइयोस् र उत्पादन बस्तु सबै सरकारले खरिद बिक्रिको जिम्मा लिने र त्यस्मा जनसक्ति मुनाफाको प्रतिसत वा कमिसन बेसमा परिचान गर्ने नीति बनाइयोस् , एउटा उत्पादन बिर्गेटले गर्ने उत्पादन बिर्गेटले गर्न नपाउने तर त्यो खपदको आबस्यकता हेरेर मात्र गर्न पाउने गरि लगानि गरियोस् , उत्पादन नगरि बेरोजगार बसि गरिबिको भार बढाउने परिवारलाई सरकारि कुनै पनि अनुदान नपाउने गरि रोक लगाउनु पर्छ ।

 

९) आवास निर्माणमा मापदन्ड लागू गरियोस् , बिदेसि उत्पादनका निर्माण सामाग्रीमा कुनै पनि रिण बन्द गरियोस् र रिण गरेर आबस्यकता भन्दा बढि आवास निर्माणमा खर्च गरिने परिपाटी मा कडाई गरिनु पर्छ । १०) छुवाछूत र जातिय र लैङ्गिक बिबेदको पुर्ण अन्त्य गरिनु पर्छ । ११) बाल श्रम र शोषणको अन्तय होस्
१२)एक पालिका एक मुख्य बजार क्षेत्र र एक बडा एक मिनि बजारको ब्यबस्था सरकारले घोषणा सहित , १) खाद्यान्न २) लत्ताकपडा ३) निर्माण सामाग्री ४) नास्ता पसल ५ ) पाउना घर ६) आरन घर ७) कोषेलि घर ८) कस्मेटिक ९) रौकाट्ने पसल यसका लागि एक सामान अर्कोले नराख्ने , बजार ब्यबस्थापन समिति , सरकारको लगानिमा भबन निर्माण, ब्यापारिलाई र ग्राहाक दुबैलाई राहात हुने गरि दररेट तयार गरि भाडा र बार्षिक आम्दानि कर गापालाई आउने गरि मिलाउनु पर्छ ।

 

१३) प्रत्यक वडा अफिस र गापा अफिसमा संबाद कचहरि राख्नुहोस् संबाद कचहरि हुने ठाउमा रेकर्डिङ को ब्यबस्थापन मिलाउनु होस् जो सुझाब र गुनासो संकलन गर्न र त्यस्को जवाफ र कार्यनयन गर्न सजिलो होस् मैनाभरि भएका संबाद कचहरिका गुनासा सुझाबको सुनुवाए मैनाको एक दिन राख्नुहोस् १४) कामको आधारमा मात्र प्राश्रमिक दिने गरि कार्यबिधि बनाउनुहोस् र नितिमा रत्ति नचुक्नुहोस् काम गर्ने कर्मचारी लाई पुरस्कृत र नगर्नेलाइ अनिवार्य डन्दित गर्नुहोस्
१५) नियमन गर्ने निकाय स्वास्थ्य , शिक्षा क्षत्रमा अनिवार्य दैनिक अनुगमन को र रेखदेखको ब्यबस्था मिलाउनुहोस

 

१६) काममा गुणस्तरीयता र पारिश्रमिकमा पारदर्शिताको शिद्धान्त लागू गर्नुहोस् १७) खरितमा खरिद निमावलि लागू गर्नुहोस् १८) निर्णयमा जाँदा मितब्यीता बाट अघि बढ्नुहोस् १९) सेवाग्राही लाई कहिल्यै समयको हानि र रिसाउने बताबरण नगराउनु होस् धन्यवाद छ सकिन्छ लागू गर्नुहोला सकिँदैन बढि जान्नृ भएछ नभनि दिनु होला मै जान्ने भएर यो लेखेको हैन यो समान्य अनुभव हो मैले गर्न नसकेका कामहरु छन केही किनकि समयले सुरुवातिको चरण हातमा पारेकाले थुप्रै काम गर्दै श्रोत साधन अपुग साथै समय पनि अपुग हुदा केही काम सुरु भएका छन त केही हुने चरण सम्म पुगेका छन कार्यनयन होस धन्यवाद जय नेपालl

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!