युवामैत्री नीति तथा कार्यक्रम बजेट कार्यान्वयनका सम्बधि छलफल सम्पन्न

कमल कुमाल २१ माघ, कालिकोट । प्लान इन्टरनेशनल नेपालको सहयोग तथा किर्डाक नेपालद्वारा संचालित कर्णाली शिक्षा परियोजना अन्तर्गत स्थानीय तहको युवामैत्री नीति तथा कार्यक्रम बजेट कार्यान्वयनका बिषयमा बैठक तथा छलफल शुक्रबार सम्पन्न भएको छ ।                                                                         होटल सनलाईट मान्ममा एक कार्यक्रमको आयोजना गर्दै स्थानीय तहले युवामैत्री नीति तथा बजेट कार्यान्वयन के कसरी गरिरहेको छ र युवामैत्री बजेट कार्यान्वयनमा स्थानीय तहले युवाहरुको सहभागीता गरायो कि गराएन भन्ने बिषय बस्तुमा आधारित रहि कार्यक्रम सुरु गरिएको हो।                                                            किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तथा कान्तिपुरका उप-सम्पादक तुलाराम पाण्डेको अध्यक्षतामा सुरु गरिएको कार्यक्रममा सेभ द चिल्ड्रेनका बालअधिकार शासन तथा बालसंरक्षण संयाेजक बाले बिश्वकर्माले सहजीकरण गर्नुभएको थियोे।

कार्यक्रममा बोल्दै किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले युवाहरु भविष्यका कर्णदार भनेर चिनाउने तर बर्तमानका साझेदार रहेको नचिन्ने गरेका कारण रोजगारीमा युवाको सहभागीता नदेखिएको बताउनुभयो।

उहाँले भन्नुभयो पछिल्लो अबस्थामा केही आशा लाग्दा युवा राजनीति क्षेत्रमा सक्रियता देखिएको तर सक्रियता देखिएपनि युवाहरूको लागि अपरिहार्य रहेको उहाँले बताउनुभयो।

हरेक आर्थिक वर्षमा सरकारले युवा लक्षित कार्यक्रममा ल्याउने गरेको छ। तर यसको कार्यान्वयनको पाटो भने फितलो भएको र बजेटका सम्बोधन भएका युवा लक्षित कार्यक्रम बजेट घोषणापछि नै ओझेलमा पर्ने गरेको पाण्डेले कार्यक्रममा बताउनुभएको थियो।

विभिन्न स्थानीय तहले आफ्नै कार्यक्रमका रुपमा युवालक्षित कार्यक्रम कार्यक्रम ल्याएपनि कार्यान्वयन नहुनु दुःखद पाटो रहेको उहाँले बताउनु भयो।

यस्तै कार्यक्रममा सेभ द चिल्ड्रेनका बालअधिकार शासन तथा बालसंरक्षण संयाेजक बाले बिश्वकर्माले कार्यक्रमको सहजीकरण गर्दै युवाकै लागि सरकारले अर्बौ बजेट विनियोजन गरेर पनि त्यो बजेटको उपभोग युवा वर्गले गर्न नपाएको बताउदै यसको असर समग्र अर्थतन्त्र समेत पर्ने बताउनुभयो।

स्थानीय तहले उचित शिक्षा दिक्षाको व्यवस्थापन गर्न नसक्दा धेरै युवा बेरोजगार रहेको र शैक्षिक बेरोजगार हुने युवाको संख्या पनि बढ्दो अवस्थामा रहेको बताउदै स्थानीय सरकारले रोजगारीको सिर्जना गर्न नसक्दा अधिकांश युवा जमान, अध्ययन, रोजगारीलगायतको नाम गरी विदेश पलायन हुने बाध्यात्मक अवस्था रहेको बालसंरक्षक संयोजक बाले बिश्वकर्माले बताउनुभयो।

उक्त कार्यक्रममा सहभागी हरुले आफ्नो पालिकामा युवाका लागि ल्याएका मुख्य योजना ओझलमा पदै आएको बताएका थिए। ‘युवामैत्री योजना कायान्वयन गर्न सरकारले ध्यान दिनुपर्ने र कार्यक्रम एउटा माध्यम मात्र रहेको बताउदै यसलाई कसरी अगाडी बढाउने भन्ने बिषय योजनाको काम गर्ने जिम्मा पाएको निकाय रहेको सहभागी युवाहरूले गुनासो गरेका थिए।’

कार्यक्रममा किर्डाक नेपाल कालिकोटका मनोबिमर्शकर्ता डिल बहादुर शाही, हुरुण्डेक नेपाल कालिकोटका बलिराज शाही र किर्डाक नेपाल कालिकोटकेै निर्मला थापा लगायत जिल्ला स्थिति पत्रकार हरुको सहभागीता रहेको थियो। कार्यक्रमको संचालन रेडियो नयाँ कर्णाली कालिकोटका कार्यक्रम संयोजक प्रेमराज सिम्खडाले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!