कालीकोटमा कोरोना फैलिदै गर्दा दुई जना संक्रमित

कालिकोट जिल्लामा कोरोनाका संक्रमित देखापर्न सुरु भएको छ । कोरोना शून्य भएको दुई महिना नवित्दै जिल्लामा पुनः दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको छ ।

खाँडाचक्र नगरपालिका –२ का एकै परिवारका दमप्तीमा कोरोना पुष्टि भएको र हाल उनिहरुलाई होम आईसोलेसनमा रहन सुझाव दिएको स्वास्थ सेवा कार्यालयका सुचना अधिकारी कटक महतले बताए ।

उनले भने,कालीकोट जिल्लामा कोरोनाका बिरामी देखापर्ने क्रम बढेकोले सम्पुर्ण नागरिकले जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्न स्वास्थ सेवा कार्यालय अनुरोध गर्द छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!