अध्यक्ष बमले गरे विभिन्न शाखाको छड्के अनुगमन

कालिकोट जिल्ला पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती कान्छाले शिक्षा शाखा ,पशु सेवा शाखा न्याएक समिती,छोरी खाता ,स्वास्थ्य शाखा ,वडा नम्बर ७ को वडा कार्यलय ,लगायतका विभिन्न शाखामा अध्यक्ष बम लगायतको टिमले अनुगमन गर्नुभएको छ  ।

अनुगमनमा गरिबी निवारणका लागी लघु उधम बिकास कार्यक्रम (मेडपा) उधम विकास अधिकृत अर्जुन प्रसाद भटट्राई ,पोषण कार्यक्रम स्वमसेबक ,रकम बुढा ,नेपाल कम्युनिष्ट पार्टिी (माओवादी केन्द्र)का युवा नेता तथा पलाँता निर्माण दलका संयोजक कल बहादुर बम (उमेश) स्मार्ट कर्णाली मिडीयाका प्रा.लि का अध्यक्ष लंकराज धमला , त्यस्तै रेडीयो पलाँता एफ.एम का स्टेसन म्यनेजर नमराज न्यौपाने लगायतले टिमले अनुगमन गरेको हो ।

 अनुगमनमा हाजारी नहुने कर्मचारीको बेतलिविदा हाजिरीमा उल्लेख गरिएको छ । त्यस्तै गाउँपालिका अध्यक्ष बलमे पालिका प्रशासन तथा लेखालाई सो अबधीको तलब काटि बाकी भुक्तानी र कर्मचारी लाई नियमित गर्न निर्देशन गर्नुभएको छ । निमित्त प्रमुख प्रशासकिय अधिकृतले अबको दिनमा कर्मचारीहरु लाई निरन्तर उपस्थितीका लागी तुरुन्त शाखा प्रमुखको मिटिङ्ग राखी निर्णय गर्ने र उपस्थितीलाई पहिलो प्राथामिकता दिने समेत अध्यक्ष बलमे निर्देशन दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!