माओबादी केन्द्र) को प्रथम वडा स्तरीय सम्मेलन सम्पन्न ,अध्यक्ष मा राेकाया

कमल कुमाल, कालिकोट जिल्लाको पलाँता गाउँ पालिका वडा नम्बर ८ स्थित नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) को प्रथम वडा स्तरीय सम्मेलन सम्पन्न भएको छ ।

गाउँ कमिटी अध्यक्ष इन्द्र बहादुर रोकायाको प्रमुख आथित्यतामा र पलाँता गाउँ पालिकाका अध्यक्ष लक्ष्मण बहादुर बम पलातिकान्छाको विशेष उपस्थितिमा संन्चालित कार्यक्रममा लाल बहादुर रोकायाको अध्यक्षतामा २९ सदस्य गठन गरिएको छ ।अध्यक्ष लाल बहादुर राेकाया, उपाध्यक्ष अबिराज बम, कार्तिके बम, युवराज रोकाया, सचिब सुमिता बम, सह सचीव रामलाल रोकाया, मनसिङ्ग सार्की कोषाध्यक्ष रत्न बम लगाएत सदस्य रहेका छ्न ।
नेकपा माओवादी केन्द्रको वडानं.८ को प्रथम वडा सम्मेलन उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस,एमाले,राप्रपा  विभिन्न पार्टीका ६० जनाले माओवादी केन्द्रमा प्रवेश गरेका   पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँती कान्छा बताउनु भयाे । माओवादी केन्द्रमा प्रवेश गरेका बसैलाई गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँती कान्छा र उपाध्यक्ष दाना न्याैपानेले स्वागत गर्नुभएको थियो।कार्यक्रममा वडा अध्यक्ष, माओवादी केन्द्रका कार्यक्रताहरुकाे सहभागीता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!