दैलेखबाट सुर्खेत आउँदै गरेको माइक्रो दुर्घटना

सुर्खेत  – दैलेखबाट सुर्खेत आउँदै गरेको मिनिबस दुर्घटना भएको छ ।सुर्खेतको वीरेन्द्रनगरको लादेमा दुर्घटनामा १० जना घाइते भएको जानकारी प्रहरीले दिएको छ ।

कर्णाली प्रदेश ०२–००१ ख ०१६६ नम्बरको मिनिबस लादे नजिक दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइतेमध्ये चार जनालाई प्रदेश अस्पताल कालागाउँ, चार जनालाई देउती नर्सिङ होम र एक जनालाई माया नर्सिङ होममा लगिएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । एक जना घाइतेलाई अस्पताल लगिँदै गरेको पनि प्रहरीको भनाइ छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!