प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा डडेल्धुरालाई लागातार ३ सेट हराउँदै डोटी विजयी

कैलालीको धनगढीमा सम्पन्न प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा डडेल्धुरालाई लागातार ३ सेट हराउँदै डोटी विजयी भएको छ ।

पहिलो सेट २५–२२ ले जितेको डोटीले दोश्रो सेट सजिलै २५–१३ ले जितेको थियो । त्यस्तै अन्तिम सेटमा १७–१७ को बराबरी पछि पनि डडेल्धुरा लयमा नफर्कदा डोटीले २५–२१ अंककासाथ सजिलै उपाधी जित्न सफल भएको हो ।
उपाधि जितेसंगै डोटीले नगद एक लाख र ट्रफी हात पारेको छ ।
त्यस्तै प्रतियोगिताको उप-विजेता बनेको डडेल्धुराले नगद ५० हजार र ट्रफीमा चित्त बुझाएको छ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कंचनपुरले २५/२५ हजार नगद सहित ट्रफी प्राप्त गरेका छन् । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएको छ ।
डोटीका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रदेशमै विजेता बनेकाले बधाई दिदै आफुले जिल्लामा भव्य स्वागत गर्ने जिल्ला खेलकुद समिति डोटीका अध्यक्ष नरेश मलासीले बताए ।
साथै खेल र खेलाडीको विकासका लागि आफ्नो सक्दो प्रयास रहने उनलेे प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!