पहिरो निरीक्षणमा अध्यक्ष बम सहितको टोली गाउँ गाउँमा

६ असार, कालिकोट । एक हप्ता देखि लामो अबिरल बर्षाले फ्ना नागरीकहरुको जिउधनमा पारेकाे प्रभावक अनुगमन गर्न बर्षातलाई प्रवाह नगरी पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम सहितका जनप्रतिनिधिहरुको टोलीले बस्ती अनुगमन थालेको छ।

गाउँपालिकाका अध्यक्ष बमले वर्षातले  गाउँपालिकाका सबै वडामा कहा के कती प्रभाव पारेको छ भनेर अनुगमनमा निस्केको बताउनु भयो। अनुगमनका क्रममा वडा नं १ को खाडामा तिन घर पुर्णरुपमा भत्केर क्षति भएका छन भने तिन घरका परिवारलाई स्थानन्त्रण गरेर ब्यवस्थापन गरेको बताइएको छ।

सोही बस्ती खाडामै ४ वटा घरमा आंशिक क्षति भएको  गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले जानकारी दिनुभएको हाे अनुगमनकै क्रममा वडा नं २ को लाफ्र सार्की टोलमा दुई घर र  को दुर्सिमा ३ वटा  घरमा क्षति पुगेको बताइएको छ। निरिक्षण  पछि अध्यक्ष बमले धौलागोह, खिन र थिर्पुका सबै बस्तीमा पुगेर बाढिले पुर्याएको क्षतिको कारण अनुगमन गरिने बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!