कालिकादेबि आ.बि काेटिलाकाे दुई काेठे भवन अध्यक्ष सेजुवालद्वारा शिलान्यास

कालिकोट जिल्ला पचाल झरना गाउँपालिका वडा नंं. ९ को कालिका आधारभुत बिद्यालय कोटिलामा २ कोठे भवनको गाउँपालिका अध्यक्ष खड्गराज सेजुजालले शिलान्यास गर्नुभएको छ।

दुई कोठे भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले गाउँपालिकाका हरेक बिकासका कामलाई निरन्तरता दिदै आएको र अन्य थप बिकासका लागि पहल जारी गर्ने बताउनुभयो।

शिलान्यास कार्यक्रममा पचालझरना गाउँपालिका उपाध्यक्ष तारा न्याैपाने,वडा नं.९ का वडा अध्यक्ष जोरे तिरुवा,वडा नं.४ का वडा अध्यक्ष अनुरुप रोकाया,पचालझरना गाउँपालिकाका शिक्षा शाखा प्रमुख नमराज शाही,त्रिवेणी खबर डटकमका जिल्ला ब्यूरो प्रमुख प्रेमसिंह तिरुवा,बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिर्ख बहादुर शाही,बिद्यालयका प्रधानाध्यापक चक्र बहादुर शाहीको उपस्थितिमा २ कोठे भवनको शिलान्यास गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!