अनेरास्ववियू (क्रान्तिकारी )द्वारा ११ ओटा माध्यामिक बिद्यालयमा ईकाइ कमिटी गठन
अनेरास्ववियू (क्रान्तिकारी ) कालिकोट को चैत 28 गते बसेको बिस्तारीत बैठकले जिल्ला भरि रहेका माध्यमिक बिधालय मा संगठन निर्माण र संगै शैक्षिक जागरण अभियान चलाउने निर्णय अनुसार अनेरास्ववियू ( क्रान्तिकारी ) कालिकोट ले स्थानिय तह को संगठनलाई जिम्मेवारी दिइएको थियाे । ९ वटा स्थानिय तहमा संगठन निर्माण का कामहरु दुर्त गतिमा अगाडि बढेका छन संगठन का केन्द्रीय सदस्य भिम प्रसाद आचार्य ले भने अनेरास्ववियू ( क्रान्तिकारी ) लाई तर्साउन खोज्ने केही मिडिया हरुले पुर्वाग्रही हिसाबले केहिदिन अगाडि आएका समाचारले हाम्रो संगठनलाई असर गर्दैन हाम्रो अभियान निरन्तर अगाडि बडेको छ हाम्रो लक्ष्य जिल्ला भरिएका माध्यमिक बिधालय ,क्याम्प ,स्थानिय तह गरेर 75 जति कमिटी हरु निर्माण गर्ने रहेको बताउनुभयो ।
अखिल (क्रान्तिकारी) जागरण अभियान अन्तरगत आज तपशिल बमाेजिमका माध्यामिक बिद्यालयहरुमा संगठन बिष्तार भयकाे छ । (१)ज्ञानादय मा.बि. राम्नाकाेटमा साेबिन्द राेकायाकाे अध्यक्षतामा ३५ सदस्यिय, (२)संकर मा.बि. सेरिज्यूलामा छत्र लुवारकाे अध्यक्षतामा ३५ सदस्यिय, (३)डाफे मा. बि. मुम्रामा निल दर्जिकाे अध्यक्षतामा ३५ सदस्यिय, (४)जनपृय मा.बि. बाेलुगाउमा धन सार्कीकाे अध्यक्षतामा ३५ सदस्यिय, (५)पंगेलि देबि मा. बि. नुवाघरमा अनिल बाेगटीकाे अध्यक्षतामा १९ सदस्यिय, (६)सरसती मा.बि. सिकुमा शैलेन्द्र खड्काकाे अध्यक्षतामा २५ सदस्यिय, (७)कालिका मा.बि. खरकाेटमा निर्मल बि.क.काे अध्यक्षतामा २१ सदस्यिय, (८)महादेब माबि रुडुमा राजेश थापाकाे अध्यक्षतामा ३५ सदस्यिय, (९)कालिका मा. बि. पुलाहामा पुस्पराज न्याैपानेकाे अध्यक्षतामा ३५ सदस्यिय, (१०)दैनिकर मा.बी. दैनिकरमा नरु बि.क.काे अध्यक्षतामा २५ सदस्यि र (११)रमा मा.बि. कालासिल्ला कुमालगाउमा जगदिश बुढाकाे अध्यक्षतामा ३५ सदस्यिय गरी जम्मा ११ ओटा माध्यामिक बिद्यालयमा एक साथ ईकाइ कमिटी गठन गरियकाे हाे । अखिल (क्रान्तिकारी) कालीकाेटका
संयाेजक मनसिंह शाहिले बताउनु भयाे ।