एकीकृत अखिल नेपाल शिक्षक संगठन रास्कोटमा पहिलो नगर परिषद सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी माओबादि को भातृ संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन रास्कोट नगरपालिका को पहिलो नगर परिषद सम्पन्न भएको छ।

संगठनका नगर अध्यक्ष नगेन्द्र प्रसाद आचार्यको अध्यक्षता मा १९ सदस्यीय समिति गठन गरिएको हो । जसमा उपाध्यक्ष सरस्वती शाही र मनिमान शाही,सचिव उपेन्द्र प्रसाद न्यौपाने ,अर्थ सचिव मन बहादुर फडेरा ,सह सचिव रत्ना शाही र कल बहादुर शाही रहनु भएको छ।

त्यसैगरी हेमराज न्यौपाने को संयाजकत्वमा छ सदस्यीय सल्लाहकार समिति गठन गरिएको होे। कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रीय उपाध्यक्ष नमराज शाहीले शिक्षाको बिभेदकारी नितिको अन्त्यका लागि संगठन लागिपरेका बताउनु भयो ।

उहाँले शिक्षा मा विभिन्न बर्गका शिक्षक रहनुले पनि शिक्षाको गुणस्तर बढ्न नसकेको बताउनु भयो कार्यक्रम का विशेष अतिथी रास्कोट नगर का पार्टी अध्यक्ष धर्मराज शाही (पोषण) ले समाजको बुद्धिजीवी बर्गनै शिक्षक भएकाले समाज रुपान्तरण मा लागिपर्नुपर्ने बताउनु भयो ।

त्यस्तै उहाँले पार्टी र संगठन एक अर्काका परिपुरक भएकाले संगठन र पार्टीका बिच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने बताउनु भयो।कार्यक्रमका अतिथि संगठनका प्रदेश सदस्य दय सन्तराज शाही ,बिष्णु आचार्य रास्कोट नगर शिक्षा शाखा संयोजक प्रभुलाल न्यौपानेले मन्तब्य दारा परिषद सफलताको शुभकाना दिनुभएको थियो ।

कार्यक्रममा मा विभिन्न पार्टीका शिक्षक संगठन परित्याग गरि एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आबद्द हुनुभएको छ ,जसमा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन बाट हेमराज बराल र मन बहादुर फडेरा , नेपाल शिक्षक संघ बाट कालिबिक्रम शाही र मनिमान शाही त्यस्तै क्रान्तिकारी शिक्षक संगठन त्यागी प्रकाश सिम्खाडा आबद्द हुनुभएको छ ।

कार्यक्रममा नन्दरुपा शाही र कुल प्रसाद बराललाई नगर कमिटीले सम्मान गरेको रास्कोट बाट टिकाराज उपाध्याय जानकारी दिनु भयो ।खबर कर्णालि

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!