अनेम संघको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्नः

कालिकोट केपि शर्मा वलिले प्रतिनिधिसभा बिगठन गरे पछि बिभाजनमा गएको नेकपा समर्थित महिलाहरूको संगठन अखिल नेपाल महिला संघ कालिकोटले प्रतिगमन बिरूद्व संघर्ष गर्ने भएको छ ।सम्पुर्ण मुक्ती कामी महिला एक हौ भन्ने मुल नाराका साथ अखिल नेपाल महिला संघ ९ अ.ने.म. ० संघ कालिकोटको प्रथम भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज भएको सोे भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमले अखिल नेपाल महिला संघले कालिकोटमा एक हजार पाच सय एक सदस्यिय जिल्ला स्थरीय संघर्ष समिति गठन गरेको छ ।

कालिकोट जिल्ला भेलाले हरेक स्थानिय तहमा संघर्स सिमिति गठन गर्ने निर्णय गरेको छ । गाँउपालिकामा पाच सय एक र नगर पालिकाले सात सय एक र हरेक वडामा एक सय एक सदस्य रहने गरि संघर्स समिति गठन गर्ने निर्णय गरेको छ ।

संघर्स समिति गठनका लागि आयोजित अखिल नेपाल महिला संघको भेलाले संघर्सलाई प्रतिगमन बिरूद्वमा उत्रने निर्णय गरेको हो । कर्णाली प्रदेसका मुख्यमन्त्रि महेन्द्र शाहिको प्रमुख अथित्यतामा र अखिल नेपाल महिला संघका कालिकोट संयोजक मिठ्ठु बमको अध्यक्षतामा भेला सम्पन्न भएको सहसंयोजक राधिका शाहिले जानकारि दिनुभयो ।गाँउगाँउबाट हजारौको संख्यामा कालिकोट सदरमुकाम आएका महिलाहरूले जनयुद्वकालिन अबस्थामा किलोसेरा टु अभियानमा खटिएको प्रहरि संग लडेर राइफल खोसेको ईतिहासको सम्झना गर्दै आफु पार्टिले जिम्मा दिय केपिवलिलाई सडकमा ल्याउने र प्रतिगमन बिरूद्वको संघर्षको नेतुत्व समाल्ने उद्वघोष गरेका छन ।

महिला संघका केन्द्रीय सदस्य तथा कालिकोट पार्टि सचिवालय सदस्य कृष्णकला पाण्डेले संन्चालन गर्नु भएको भेलामा बोल्ने गाँउबाट आएका अधिकास महिलाहरूले संघर्सलाई घनिभुत बनाएर वारपारको संघर्ष गर्नु प्रने बताएका छन ।रिपोटिङका क्रममा नरहरिनाथका उपाध्यक्ष महिला नेतृ मनसोभा बुढा, रास्कोट नगरका उप प्रमुख मिमसरा बम, सुभकालिका गाउपालिकाका उपाध्यक्ष पम्फा शाहि, लगाएतले केपिवलिले महिला ,दलित, पिछडियका बर्गको अधिकार सहितको संघिय ब्यवस्था नचाएको बताउनु हुँदै वलिलाई सडकमा ल्याउने अभियानमा राईफल बोकेर जनयुद्व गरेका महिला तयार रहेको बताएका छन ।कार्यक्रमका प्रमुख अतिथी नेकपा केन्द्रिय सदस्य, कालिकोट जिल्लाका इन्चार्ज तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उत्पिडित बर्ग महिला दलितको अधिकार दिने संघिय ब्यवस्था केपिवलिलाई मन नपरेको बताउनु भयो ।

अतिथि महिला संघ कर्णाली प्रदेशकि इन्चार्ज तथा केन्द्रीय सदस्य ,कर्णाली प्रदेशकि कृषि मन्त्री बिमला केसिले यो देसका महिलाहरू राजनितिक गर्न सक्षम रहेकोले प्रतिगमनको मोर्चामा अग्रभागमा नेतुत्व गर्ने बताउनु भयो ।पार्टि प्रदेश कमिटी सदस्य तथा प्रदेस संसद कुर्मराज शाही, रास्ट्रिय सभा सदस्य जीवन बुढार युवा संघका केन्द्रियसदस्य यसोधा न्यौपाने, महिला संघका केन्द्रिय सदस्य गंगा खड्काले नेपाललाई संम्बिधान बाहिर लियर राज्य शक्तिको दुरूपयोग गर्ने केपिओलि निरङकुस्ता ढाल्ने अभियानमा महिला अगाडि रहेको बताउनु भयो ।

खाडाचक्र नगरउप्रमुख तथा महिला संघका केन्द्रीय सदस्य पार्टि प्रदेस कमिटि सदस्य बिजया बिष्टले संघर्स समिति घोषणा गर्दै ओलिलाई जनमत पार्टि र संबिधान नस्वीकारेकाले पार्टि बिभाजन तर्फ गएको बताउनु भयो । यसबाट नेपाललाई जोगाउनु प्रचण्ड माधवको जिम्मेवारी काधमा आएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!