बेर्सनकोट,पारौटि धुरा हुँदै भेरा फागोटि जोड्ने (सुनिल) मार्ग सिलान्यस

माहान जनयुद्धमा आफ्नो ज्याननै गुमाएका सहिदको सम्झनाका लागि पलाँता सरकारले रोडको नामाकरण गरेको छ । परेक बहादुर शाही (मुनाल) र लंक बहादुर बम (सुनिल) नामक सहिदको सम्झनाका लागि यी मार्गको नामाकरण पलाँता सरकारले गरेको बताउनु भयो ।
अध्यक्ष बमले विगत भन्दा केही फरक भएर अगाडी बढ्नका लागि पलाँता सरकारले अनुगमनमा तीव्रता दिएको बताउनु भयो । साथै दुधेसिल्लो मा.बि बेर्सैनकोट पक्की भवन र फिल्डको अनुगमन गर्नु भयो । पलाँता सरकारको संरचना पछि काम भए नभएको बारेमा बुझ्नका लागि स्थलगत रुपमा अनुगमन लाई निरंतरता दिने गरेको छु । यसरी स्थलगत रुपमा अध्यक्ष सहितको टोलि आउनुलाई ७, ८ वासिले स्वागत गरेका छन । पलाँता सरकारले लिएको लक्ष्य  अनुसार सबै वडा वासिले साथ दिने हो भने पलाँता परनिर्भरताबाट छिट्टै छुटकारा मिल्ने बताउनु भएको छ ।
उक्त कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष बर्ज बहादुर बम, नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटी सदस्य दन्त बहादुर बम, डोजर मालिक कल बहादुर बम उमेश प्राबिधिक काली बहादुर बम, बिनोद बम, युवा नेता छत्त बहादुर बम लगाएत गाउँ पालिकाका कर्मचारी तथा स्थानीयको उपस्थितिमा सिल्यानेस गरिएको हो ।

लामो समय देखिको पलाँता सरकार र पार्टी बिचको अन्तरबिरोध पछि अहिले एक ढिक्का भएर सरकारले बिकास निर्माणका कामहरू लाई पहिलो प्राथमिकता राखेर काम सुरु गरे पछि पलाँता बासी खुसी देखिन्छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!