नेकपा पार्टी कार्यालय कुन पक्षले लिने हाेडबाजि कालिकाेटमा

नेकपा बिभाजन संगै कालिकाेट जिल्ला स्थरमा आफ्नो आफ्नो संगठन बिस्तार र बहुमत आफ्नो पक्षमा तान्न तल्लीनमा देखिएका छन । प्रचण्ड माधव पक्ष र केपीवली पक्षको सदरमुकाममा रहेको पार्टी कार्यालयको लुछा चुडि कायमै रहेको छ । जिल्ला सदरमकुाममा भाडाको घरमा रहेको पार्टी कार्यालय कुन पक्षले लिने भन्नेमा होडबाजि केही दिनदेखि चलिरहेको छकेपीवलि पक्षमा लागेका पार्टी सचिव नगेन्द् शाही तर्फका कार्यलय सचिव दानबहादुर शाहीले कार्यालयमा रहेको एक सेट कम्युटर नियन्त्रणमा लगेर पार्टी कार्यालयको ताला समेत फेरबदल गरि ताला आफ्नो नियन्त्ररणमा लिएका थिए । तर बहुमतमा रहेको प्रचण्ड माधव पक्ष्यले युवा संघ र बिद्यार्थी लगाएर पार्टी कार्यलय नियन्त्रणमा लिएको थियो ।

निन्त्रणमा लिएको कार्यालयमा हिजो सचिव नेश्नल शाहीको पक्षका युवाहरुले कार्यलय खाली गर्न निद्रेशन दिएपछि केही बेर पार्टी कार्यालयमा तनाव समेत भएको थियो । दुबै पक्ष पार्टी कार्यलयको बिषयलाइ लिएर झडवमा जाने भए पछि प्रहरीले दुबै पक्षलाइ बिवाद सामाधान नभए सम्मका लागी भनेर कसैलाइ प्रयोग गर्न नदीने गरि प्रहरीले पार्टी कार्यलय नियन्त्ररणमा लिएको छ । कालिकोट जिल्ला प्रचण्ड माधव पक्षको बहुमतमा रहेको मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!