अध्यक्ष बमकाे पहलले हुरण्डेक नेपाल द्धारा पारौटी निवासी धुवा मुक्त

 कालिकाेट जिल्लाको पलाँता गाउँ पालिका ७ पारौटीका ७० घरधुरी लाई सुधारिएको चुलो सङ्गै धुवा मुक्त गरिएको छ । हुरण्डेक नेपालको क्याप्र्स कर्णाली परियोजना र पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती कान्छाको पहलमा पलाँता ७ पारौटी निवासी अति बिपन्न ७० घरधुरीलाई सुधारिएको चुलो बितरण गरेको क्याप्स कर्णाली परियोजनाका सब–इन्जिनियर पसल बमले जानकारी दिए ।

पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाका अनुसार आफू पटक पटकको जनता भेटघाट तथा अनुगमनमा जाँदै गर्दा बिपन्न परिवारले खाना पकाउदा धुवा धुवा हुने बिद्यार्थीलाई पठनपाठनमा समस्या देखिने, बिपन्न परीवारकी बुढी आमा लाई खाना पकाउदै गर्दा स्वास्थ्य लाई परेको असर लाई मध्यनजर गर्दै आफुले हुरण्डेक नेपाल लाई पहल गरेको बताउनु भयो । चुलोबाट निस्कने जथाभावी धुवाँ नियन्त्रणले रोगबाट बच्च पाउने भएकोमा गाउँका गृहणीमा खुसीयाली छाएको छ

धुवाका कारण दम, क्यान्सर जस्ता डरलाग्दो रोग लागेर अकालमै ज्यान गुमाउनबाट जोगिएकोमा गाउँले खुसी छन । पुरानो चुलोमा दैनिक खाना पकाउदा घरभित्र भरी धुवा फैलिन्थ्यो, धेरै रोगी हुन्थ्यो, गौहुकला बमले भनिन, अब त्यस्तो हुदैन जथाभावी फैलिने धुवा नियन्त्रण हुन्छ । त्यसो त खुम्मेनी बमले मासिक एक सय देखी पन्ध्र सय रुपैयाको औषधी खान्थे । चुरोट खान पनि छाडेकी छन । खाना पकाउदा धुवा बाहिर जान छाडेपनि औषधि नै खान छाडेको उनले बताइन । हुरण्डेक नेपाल क्याप्स कर्णाली परियोजना प्रमुख नरेन्द्र शाहीका अनुसार घरमा धुवा नभए पछि वालवालिकाले राम्ररी पढन पाउने छन । दाउरा कम लागेपछि वन जंगल मासिनबाट जोगिने, बचेको सयम अन्य कामम लगाउन सकिने, वाताबरणमा असर नपर्ने, निरोगी र सुखी परिवार हुने लगायतका फाईदा पुग्ने भन्दै सुधारिएको चुलोलाई संरक्षण गरी सदुपयोग गर्न समुदाय लाई आग्रह गरे ।

1 thought on “अध्यक्ष बमकाे पहलले हुरण्डेक नेपाल द्धारा पारौटी निवासी धुवा मुक्त

  1. धुवाँ मुक्त त भएछन दाजु पाराैटीका जन्ता,खुशी लाग्यो तर भेदभाव मुक्त अपहेलना मुक्त बनाउने तर्फ पनि पहलको लागि ध्यानाकर्षण गराउन चाहन्छु, धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!