पारौटि, बेर्सैनकोटमा बहुउद्देश्यीय पानी प्राणाली आयोजनाको शिलान्यास गदै अध्यक्ष बम

कालिकोट । कालिकोट जिल्लाको पलाता गाउँ पालिका स्थित पलाता ७, ८ पारौटि, बेर्सैनकोटमा बहुउदेश्यिए पानी प्राणाली आयोजनाको शिलान्यास  गरिएको छ ।

उक्त कार्यक्रममा गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाले शिलान्यास  गर्नु भएको छ । शिलान्यास कार्यक्रममा ९ का अध्यक्ष टक्क बहादुर बम, ७ का अध्यक्ष बर्ज बहादुर बम, ९ का वडा सदस्य राज बहादुर बम, ८ का वडा सदस्य धर्म राज रोकाया, ने.क.पा पार्टी ९ का अध्यक्ष लंक बहादुर बम, उर्जा संयोजक जनराज बम, हुरण्डेक नेपालका कृषि प्राबिधिक प्रताब बोहोरा, उधम बिकास अधिकृत नर्मजङ्ग रोकाया, सब इन्जिनियर पसल बम लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

जसको सयोगिदाता अनुकुलन कोष हो भने कार्वनयन नेपाल सरकार बन तथा बाताबरण मन्त्रालय र विश्व खाध्य कार्यक्रमको हो । साजेधार हुरण्डेक नेपालको र समन्वय पलाँता गाउँ पालिकाको रहेको छ ।

हुरण्डेक नेपालले नाइबाडा सिचाइ पोखरी र बोक्चु सिचाइ पोखरीको काम सुरु गरेको कार्यक्रम संयोजक नरेन्द्र शाहिको भनाइ रहेको छ । तेसै गरि नाइबाडा सिचाइ पोखरी १५ लाख ६३ हजार तीन सय छयानब्बे र बोक्चु सिचाइ पोखरी १४ लाख ५२ हजार ९ सय एक्चालिस रहेको छ भने बृहत बहु उध्यस्य पानी पर्णाली १ करोड ४९ लाख ५७ हजार १४४ मा धुरा, डाडाखाली, ऐडिबाडा, पारौटी, नाइबाडा, बेर्सैनकोट लगाएतका स्थानमा सिचाइ पोखरी बन्ने सब इन्जिनियर पसल बमले बताए ।

गाउँ पालिका अध्यक्ष बमका अनुसार वन विनासका कारण पलातामा बाढिको उच्च जोखिम रहेको बताउदै विनाश रोक्न सबैलाई आग्रह गर्दै हिउँदको समयमा पानी अभावका कारण सुख्खा रहने करिब भुवा जमिनमा सिंचाई हुने गरी पहाडी साना किसानका पीडा बुज्दै हरियाली पलाँता बनाउन पलाँता सरकार लागि परेको देखिन्छ ।

सिंचाई अभावका कारण हिउँदभर सुख्खा रहने पलाता गाउँपालिका वडा नं. ७, ८ का गाउँमा अब भने बाह्रै महिना सिंचाई हुने भएको छ । पोखरी बन्ने भएपछि स्थानीयले राहतको महसुस गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!