सहिद तथा बेपत्ताका परिवारलाई रोजगारी दिन आवश्यक नीति बनाउँछौ : मुख्यमन्त्री शाही

सुर्खेत  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले युद्धमा वेपत्ता हुनेहरु देशका लागि महान व्यक्ति भएको भन्दै सहिद तथा बेपत्ता व्यक्तिका परिवारका लागि शिक्षा, स्वास्थ्यको निशुल्क व्यवस्था गर्ने र रोजगारीको व्यवस्थाका लागि आवश्यक नीति बनाईने बताए ।

परिवर्तनका लागि भएका विभिन्न आन्दोलन तथा युद्धमा सहभागी हुदाँ वेपत्ता भएका व्यक्तीहरु देशको लागि महान र अमर भएको उनको भनाइ छ । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार सम्पन्न पीडित पहिचान तथा परिचय पत्र वितरण सम्बन्धमा सरोकारवलाहरुसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन ।

कार्यक्रम वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आयोजना गरेको हो । आयोगले आफ्नो कामको गति बढाउनुपर्ने उनको तर्क छ । आयोगलार्इ अन्य संघ(संस्था जस्तो राजनीतिकरण नगरी लक्षित वर्गका लागि विशेष योजना बनाएर काम गर्न उनले अनुरोध गरे । साथै ‘आयोगलाई प्रदेश सरकार साथमा रहेको भन्दै वेपत्ता व्यक्तिहरुको तत्काल छानविन गर्न उनको सुझाब छ ।

आयोगले शान्ति प्रक्रियाका वाँकी काम छिटो छिटो सम्पन्न गुर्नपर्ने मुख्यमन्त्री शाहीले वताए । अहिलेको राजनैतिक परिवर्तनमा सहिद र बेपत्ता पारिएका योद्धाहरुको मुख्य भूमिका रहेको उनको भनाइ छ । बेपत्ता पारिएका व्यक्तिका परिवारले लामो समयसम्म न्याय नपाउनु दुखपूर्ण रहेको भन्दै उनीहरु फर्केर आउने आशैआशामा परिवार वाँच्नु निकै पिडादायी भएको दावी गरे ।े बेपत्ता पारिएका परिवारजनलाई छिटो भन्दा छिटो न्याय दिनुपर्ने आवश्यकता रहेको उनको जोड छ ।

साथै मुख्यमन्त्री शाहीले हरेक जिल्लामा गएर पीडितका कुरा सुन्न आयोगलाई आग्रह गरे । राजधानीमा मात्र कार्यक्रम गरेर आयोगको काम उपलब्धीमुलक हुन नसक्ने उनको धारणा छ । बेपत्ता परिवारको लागि राहात र परिपुरणका कामका लागि प्रदेश सरकारले आवश्यक वजेट तथा कार्यक्रमको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सहिद तथा बेपत्ता पारिएका व्यक्तिका परिवारका लागि शिक्षा, स्वास्थ्यको निशुल्क गर्ने र रोजगारीको व्यवस्थाका लागि आवश्यक नीति बनाईने उनको भनाई छ । करार सेवामा समेत सहिद र वेपत्ता पारिएका परिवारजनका लागि प्रदेश सरकारले विशेष प्राथमिकता दिएको भन्दै मुख्यमन्त्री शाहीले प्रदेश लोकसेवा ऐनमा पनि त्यस्तो प्राथमिकताको लागि व्यवस्था गरिने वताए । नेपाली रैबार बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!