कैदीबन्दीहरुलाई तिहार कोशेली स्वरुप खसि उपहार

  1. कालिकाेटका कैदीबन्दीहरुलाई तिहार कोशेली स्वरुप खसि उपहार दिइएको छ । महावै गाउँपालिकाले प्रत्येक वर्ष दशै तिहारमा कैदीबन्दीहरुलाई पर्व विशेष उपहार दिदै आएको छ । यो वर्षको तिहारका लागि भने ३२ हजार बराबरको ठुलो खसि उपहार दिएको हो । गत वर्ष दशैमा कैदी बन्दीहरुलाई न्यानो कपडा,शिरक,डस्ना वितरण गरेको थियो । जिल्ला कारागार कालिकोटका जेलर नर बहादुर सार्कीको अध्यक्षा,महावै गाउँपालिका उपाध्यक्ष मनराज शाहीको प्रमुख आथित्यता र महावै गाउँपालिकाका लेखापाल मलिम रावतको विशेष आथित्यतामा भएको एक कार्यक्रममा खसि उपहार दिइएको हो । महावै गाउँपालिका उपाध्यक्ष मनराज शाहीले दशैमा आफुहरुले कोशेली दिन नपाएकाले तिहारमा उपहार स्वरुप खसि दिएको बताएका छन् । जेलको जिवन जे जस्तो भएपनी तिहार राम्रो होस भन्दै शुभकामना आदान प्रदान समेत गरेका छन् । शाहीले भने सवै आवश्यकताहरु परिपुर्ति गर्न नसकिएपनी केही समस्याहरु भए आफ्नो पालिकामा सम्पर्क गर्न समेत कैदीबन्दीलाई आग्रह गरेका छन् ।

जेलर नर बहादुर सार्कीले आफ्नो कार्यकाल पछी सहयोग गर्ने सम्पुर्ण संघ संस्थाको अभिलेख राख्ने बताएका छन् । पहिलाका वर्षमा राहत दिनेहरुको कुनै पनी नाम,राहत सामान अहिले सम्म कारागारमा नरहेको उनले बताए । अवका दिनमा सहयोग गर्ने सम्पुर्णको नामावली राखेर कुनै कार्यक्रमको आयोजना गरी सम्मान समेत गर्ने बताएका .छन् । कार्यक्रममा महावै गाउँपालिकाका कर्मचारी लक्ष्मण शाही, युवा राजकुमार शाही,पत्रकार खडान्द अधिकारी,हस्त चाैलागाँइ लगाएतकाे उपस्थित रहेको थियो ।
“क्षमता भन्दा तेब्बर कैदीबन्दी जिर्ण भवनमा “
जिल्ला कारागार कालिकोटको भवन दिनप्रतिदिन जिर्ण बन्दै गएको छ । भत्किएका वालहरु,प्वाल परेका टिनका छाना । वरिपरी काडेतारले बाडिएको पर्खाल चिरा,चिरा परेको छ । त्यहि चिरा चिरा परेको पर्खालभित्रका भवन पनी झन जिर्ण छन् । कारागारमा रहेका ५९ जना कैदी कुन दिन भवन भत्किएर च्यापिन्छन् यो भने कुनै सरोकारवालाई वास्ता छैन ।

चिरा परेकाे कारागार कालिकाेटकाे भवन । तस्विर त्रिकाल
पुरुष १५ जना र महिला १० जना सम्मको क्षमता भएको उक्त भवनमा अहिले ५९ जना कैदीबन्धीहरु छन् । राति सुत्ने ठाउँ नभएर एक अर्कासंग टास्सीयर रात काट्नु पर्ने अवस्था रहेको कैदी जगदिश शाहीले बताए । उनले भने सुत्ने ठाउँ पुग्दैन बरु बाहिरै पाल हालेर राखेको भएपनी सुत्न त पाइन्थ्यो । भवन जिर्ण छन् । कुन दिन मर्छौ डर लागिरहेको छ ।
कैदीबन्धीहरु दिनप्रतिदिन थपिदै जाने क्रम झन झन बढ्दो छ । तर भवनहरु जिर्ण अवस्थामा छन् । कुन दिन भवन भत्किएर सवैको एक चिहान हुन्छ कसैलाई थाहा छैन । जिल्ला कारागर कालिकोटका जेलर नर बहादुर सार्कीले भने स्थानिय सरकार,प्रदेश सरकार,संघिय सरकारलाई हारगुहार गर्दा पनी कसैले चाँसो देखाउदैनन् । भवनको बाहिरी वाल ठाउँ ठाउँमा चिरा परेको छ । कोरोनाको महामारी भन्दा पनी भवन भत्किएर कुन दिन के हुने हो यस विषयमा धेरै चिन्ता रहेको जेलर सार्कीले बताए ।
कैदी बन्दीको भाइटिका कस्तो होला ?

अव त कारागार भित्रै रहेका कैदी बन्दी जो भएपनी दाई भाई मानेर टिका लगाउनु पर्छ ,आफ्नै दिदिबहिनी नभएपनी अव दिदि भाई मानेर तिहार मनाउने कारागार कालिकोटका कैदीबन्दीको सोच छ । जिल्ला कारागार कालिकोट बन्दीगृहमा रहेकी धनकला विकलाई श्रीमानको हत्या गरेको अरोपमा अदालतले २० वर्ष जेल सजाय सुनायो । उनका ४ वर्ष जेलमा विते । ४ वर्ष भयो उनले भाइटिकामा दाईभाईलाई टिका लगाउन पाएकी छैनन् । कारागारको गेटबाट बाहिर तिर हेदै आखाँ टिलपिल थिए । भावुक हुदै भनिन् दशैको त त्यति वास्ता हुदैन थियो तर भाइटिका आउँदा भने मन भारी भएर आउछ । उनका दशै तिहार जस्ता नेपाली चाडपर्वको रहर धेरै भएपनी मनमै इच्छा सिमित छन् । आफ्नो श्रीमानको हत्या आफुले नगरेको भनेर बयान दिएपनी कसैले उनको गुनासो सुनेनन् । आँखाभरी आँसुका थोपा टिलपिल गदै अव १६ वर्ष जेल सजाय भोगेर गएभने बास्तविक अपराधी पत्ता लगाउने र कार्बाहीको माग गर्ने बताईन । सवै घरपरिवार संगै बसेर खाने,रमाउने,चाडपर्व मनाउने रहर भएपनी यो जिवन जेल भित्रै वित्छ भावुक हुदै सुनाईन् ।
यस्तै ज्यान केशमा परेका अर्का बन्दी मान ब सार्कीलाई पनी २० वर्ष जेल सजाय छ । उनका ९ वर्ष कारागारमा वितिसके अवका ११ वर्ष उनका कारागारको जिर्ण भवनमा विताउनु पर्नेछ । मान बहादुरले जेल भित्रै आफुले सिकेको सिप प्रयोग गरेका छन् । उनले दैनिक टोपी बुन्छन् । कालो भातगाउले टोली उनको धेरै बिक्री हुन्छ । कुनै दिन नेता,कार्यकर्ता वा राहत दिने ब्यत्ति जाँदा उनले उपहार स्वरुप टोपी दिन्छन् । खसि बितरण कार्यक्रममा गएका १६ जनालाई उनले टोपी उपहार दिए । उनको सिप कारागार भित्रै भएपनी प्रयोगमा आएको छ । तर उनको पनी दशै तिहार जस्ता चाडपर्व मनाउने,सवैपरिवार संगै बसेर रमाउने दिनका लागि भने आस मारिसकेका छन् । उनले भने दशै तिहार जस्ता चाडपर्वमा फोनबाट आवाज सुनेर आफन्तको आर्षिबाद लिन्छु र दिन्छु । फेरी तिहार नजिकीदै गर्दा विगतदिन सम्झीएर टोलाउन मन लाग्छ । कारागारमा रहेका ५९ जना कैदीहरु सवैको मुहारमा निराशपन देखिएको थियो । मनभरी पिडा,आँखाभरी आँसु ,बोल्न सक्ने अवस्थामा कोही पनी कैदीहरु थिएनन् ।
जो सुकैले राहत दिएपनी कारागारका कैदीबन्दीका लागि भवनको लागि भने कुनै सरकारले पहल गरेको छैन । स्थानीय सरकार,प्रदेश सरका र संघिय सरकार यस विषयमा मौन देखिन्छ । सुर्य खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!