अध्यक्ष बि.क ले व्याजे पैसा निकालेर स्वास्थ्य कार्यालयको भवन ढलान

नमराज न्यौपाने कालिकोट जिल्लाको पलाँता गाउँ पालिका वडा नम्बर पलाँता २ मा रहेको स्वास्थ्य चौकि धौलागोहको पक्कि भबन दुई बर्ष अगाडि भबन डिबिजन कार्यालयबाट २ करोडको हाराहारिमा ठेक्का गरि स्थानिय ठेकादार केशरसिह बम ले पाताले छाएर दुई तले भबनको निकासा लगेका थिए उक्त भबन निर्माणाधिन अबस्थामा दईपटक हुरिले छाना उडाईएको र सम्पन्न गरि गा पा लाई बुझाई सकेपछि फेरि उडाएर पाता फुटेपछि चुहिने समस्या देखिएको थियो ।

गुणस्तर हिन भबनले पाताले छाए डाडामा रहेको भबनको फेरि पनि उहीँ हालत हुने हुदा आर्थिक बर्ष २०७७र७८ को गाउँ शभाले ४० लाख यस्को ब्यबस्थापन का लागि बिनियोजन गरेको छ । यो रकम समयमा नआएको तर स्वास्थ्य संस्थाले सेवा संचालन गर्न गाह्रो भएकोले वडा अध्यक्षले गापा अध्यक्ष को निर्देसनमा पैसा रिण गरि उपभोक्ता समितिलाई कामको जिम्मा दिएर पक्कि ढलान सम्पन्न गरेका छन ।

यहि कामको प्रशंसा गर्दै गाउ पालिका अध्यक्ष ले वडा अध्यक्ष र निर्माण समितिलाई धन्यबाद दिनुभएको छ । यस्मा थप्दै यस्तै काम गर्ने जनप्रतिनिधि सबै भए आज पलाँता सहि ठाउँमा पुर्याउन गाह्रो हुने थिएन भनेर गुनासो पनि ब्यक्त गर्नु भएको छ । अन्य वडा भन्दा वडा न ९ , ७ र २ मा केही सिर्जनशिलताले काम अघि बढेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!