स्वस्थ्य अधिकार सम्वन्धि सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा स्वस्थ्य अधिकार सम्वन्धि सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम असोज २३ गते सम्पन्न भएको छ ।
इन्सेकद्धारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तरगत स्वास्थ्यको अधिकार सुनिश्चित गर्ने उद्देश्यकासाथ अन्तरक्रिया कार्याक्रमको आयोजना गरिएको हो ।
खाँडाचक्र नगरपालिका उपप्रमुख बिजया विष्टको प्रमुख आतिथ्यतमा सञ्चालित कार्यक्रममा खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाका प्रमोद शाााही ,खाँँडाचक्र नागरिक समाज  का संयोजक दान बहादुर विश्ववकर्म मानवअधिकार  समूहका प्रतिनिधि लगाएतको सहभागिता रहेको कार्यक्रममा स्वास्थ्य र सरसफाई क्षेत्रमा देखिएका समस्याको विषयमा छलफल भएको थियो ।
इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लको अध्यक्षतमा आयोजित कार्यक्रममा नगरपालिकाभित्रका प्रसुति केन्द्र,स्वास्थ्य सस्थामा अवश्यक औषधी उपकरणको अभाव लगाएतका समस्याका विषयमा छलफल भएको थियो ।
सहभगिवाट उठेका सवालका बारेमा नगर उपप्रमुख बिष्ट र वडानम्वर ४ का अध्यक्ष धनसिंह विकले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको नगरपालिकाले समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!