सिचाँई कुलोको शिलान्यास गदै अध्यक्ष सेजुवाल

कालिकोट पचालझरना गाउँपालिकाको बाँझकोटमा करोडौँको लागतमा सिचाँई कुलो बन्ने भएको छ । वुधबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले उक्त सिचाँई कुलोको शिल्यान्यास गरेका छन ।
अनुकुलन कोषको आर्थिक सहयोगमा निर्माण हुन लागेको आयोजनाको बनतथा बतावरण मन्त्रालय र विश्वखाद्यय कार्यक्रमको कार्यान्वयन, साझेदार संस्था हुरेन्डेक मार्फत संचालित क्याप्स कर्णाली परियोजना अन्र्तरगत संचालीत र गाउँपालिकाको संयुक्त लगानीमा बन्न लागेको आयोजनाको शिल्लान्यास गरिएको हो ।

अनुकुलन आयोजनाको दुई करोड ७४ लाख र गाउँपालिकाको एक करोड गरी जम्मा तिन करोड ७४ लाखको लागतमा सिचाँई कुलो बन्ने भएको छ । गाउँपालिकाको कोल्थे देखी बाँचकोट सम्मको चार किलो साढे पाँच किलो मिटरको दुरीबाट गाउँमा सिचाँई कुलो आउने भएको छ । विश्वखाद्यय कार्यक्रमका संयोजक नरेन्द बहादुर शाहिका अनुसार,

सो आयोजनाबाट ३ सय ७५ घरधुरी लाभावन्धित हुनुका साथै एक सय ५० जना स्थानियले प्रत्यक्ष रोजगारी पाउने बताए । उनले भने, एकसय हेक्टर जमीन सिंचित हुनुका साथै यसलाई वहुउपयोगी आयोजनाका रुपमा लिइएको छ । यसवाट दुई वटा पानी घट्ट संचालन पनी हुने छन । साथै आयोजना निर्माणमा कामदारकै खातामा पैसा हाल्दिने र कामदारको दुर्घटना विमा समेत रहेको जानकारी दिए ।

सिचाँई कुलोको शिलान्यास गदै गाउँपालिका अध्यक्ष सेजुवालले,अव गाउँपालिका भित्रका रुखा र सुख्खा जमिन मुक्त गाउँपालिका बनाउनेमा आफनो अभियान सुरु भएको बताए । गाउँपालिकाकै सवै भन्दा ठुलो सिचाँई आयोजना हो, यसले गाउँपालिकाको ३० प्रतिशत खुख्खा जमिन सिंचित हुनेछ । जसले गर्दा कृषि उत्पादनमा वृद्धी आउने बताए । एक त विकास गर्न भौगोलिक कठिनाई छ । त्यसैमा पनी आवयक वजेटको अभावमा गर्न सक्ने काम अझै पनी गर्न सकिरहेका छैनौँ । गाउँपालिकाले पनी थप सुख्खा क्षेत्रमा सिचाँई प¥याए र “ सुख्खा जमिन मुक्त गाउँपालिका” घोषण गर्ने तयारिका साथ अभियानमा लागेको बताए ।

गा्रमिण क्षेत्रमा संघ सस्थाको साथ र सहयोग बिना विकासको रेखा कोर्नमा ढिलाई हुने भन्दै विश्वखाद्यय कार्यक्रमलाई संगै ल्याएर विकासमा हातेमालो गरेको बताए । उनले भने, विश्वखाद्यय कार्यक्रमकै मात्र यो वर्ष गाउँपालिकामा धन्नै ९ करोड वजेट छ । यसले गर्दा विकास निर्माणका काममा ठुलो सहयोग रहेको बताए ।

 

यतिमात्र हैनहिजो मात्रै एक करोड २९ लाखको लागतमा गाउँपालिकाको केन्द्र पणेक्षामा सोलार जडित सामुदायिक सेवा केन्द्रको नमुना अत्याधुनिक भवन निर्माणको काम पनी सुर भएको छ । यस भवनमा पालिका स्थरमा उत्पादन भएका अर्गानिक कृर्षिजन्य वस्तु राख्ने, र गाउँपालिकामा सेवा लिने सेवागा्रहि हरुले पनी सजिलै तवरमा सेवा पाउन भनी, सामुदायिक सेवा केन्द्रको निमार्ण गर्न लागिएको अध्यक्ष सेजुवालले बताए ।

साथै अनुकुलन वातारणिय बनाने उदेश्यले संचालनमा आएको परियोजनाले हरियाली बनाउन गाउँपालिकामा यस वर्ष मात्रै ४४ हजार विरुवा उत्पादन गरेको बताए । यसमा गाउँपालिकाको पनी सहमत भएर विरुवाको वृक्षा रोपण देखी नर्सरीमा थप विरुवाको उत्पादनका लागी सहयोग गरीरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!