चालु आर्थिक वर्षमा योजनालाई पारदर्शी बनाउन कृषि मन्त्री केसीको आग्रह

कालिकोट । जिल्लामा दुई सरकारी कार्यालयले संयुक्त वार्षिक समिक्षा गरेका छन् । जिल्ला कृषि विकास कार्यालय र पशु सेवा कार्यालयले आफ्नो वार्षिक प्रगति समिक्षा गरेका हुन् ।

साथै आर्थिक वर्ष २०७७–०७८ को कार्यक्रमहरुको सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरेका छन् । समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाहीको अध्यक्षता, कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीको प्रमुख आतिथ्यमा समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

वार्षिक प्रगतिमा कृषि विकास कार्यालयले आर्थिक वर्ष २०७६–०७७ मा कुल रकमको ९३ प्रतिशत खर्च गरेको छ । ९३ प्रतिशत खर्चसँगै यस वर्ष हासिल उत्कृष्ट लक्ष गरेको कृषि विकास कार्यालय कालिकोटका निमित्त प्रमुख भरत बस्नेतले जानकारी दिए । अधिकांश योजनामा अनियमितता भएको सुन्ने सेवाग्राही भने ९३ प्रतिशत प्रगती विवरण सार्वजनिक हुँदा कार्यक्रममा उपस्थित नागरिक आश्चर्यमा परेका थिए ।

अघिल्लो आर्थिक वर्षमा कृषि विकास कार्यालयमा आएको २० करोड ११ लाख १० हजार रकम पुरै खर्च गर्न कृषि विकास कार्यालय सफल भएको छ ।

यस्तै, पशु सेवा कार्यालयले पनि ४ करोड ४९ लाखमा ५६ प्रतिशत कर्मचारी तलब भत्तासहित रकम खर्च गरेको कार्यालय प्रमुख प्रचण्ड खड्काले जानकारी दिए । अरु सवै रकम भने फ्रिज गएको प्रमुख खड्काले बताए । २ वटा कार्यालयले आफ्ना वार्षिक क्रियाकलापको सार्वजनिक गर्दै गर्दा नागरिकले भने ग्रामिण भेगमा कार्यालयले भनेजस्तो विकास नभएको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले कार्यालयलाई स्थानीय तहसँगको समन्वय गरि आफ्ना क्रियाकलाप संचालन गर्न आग्रह गरिन् । उनले चालु आर्थिक वर्षका योजना पार्दशी बनाउन र सेवाग्राहीका माग अनुसारका कार्यक्रम ल्याउन सुझाव दिएकी छन् ।

कर्णाली प्रदेशसभाका सदस्य कुर्मराज शाहीले जिल्लास्तरमा महामारीको बेला यती धेरै काम गर्न सफल भएकोमा दुईवटा कार्यालयलाई धन्यवाद दिए । उनले भने, ‘आगामी दिनमा कृषि विकास कार्यालय र पशु सेवा कार्यालय कालिकोटले झन् सोचेभन्दा बढी काम गर्ने आशा लिएको छु ।’

संघीय सरकारका माननिय दुर्ग बहादुर रावतले दुवै कार्यालयले संयुक्त रुपमा वार्षिक समिक्षा गरी नागरिकहरुमाझ प्रष्ट पारेकोमा धन्यवाद दिए । रावतले भने, ‘जुनसुकै योजनाका कामहरु दिगो टिकाउका हुनुपर्ने र बेला–बेला अनुगमन गरि काम झन प्रभावकारी बनाउनु आवश्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!