रास्कोट नगरपालीका वडा ३ कोलीगाँउमा एक घर एक धारा खानेपानीको अनुगमन

असोज १५ गते ः कालीकोट जिल्ला रास्कोट नगरपालीकामा एक घर एक धारा खानेपानीको निर्माण अभियान थालिएको छ । खानेपानीको सहज पहुँच पु¥याउन एक घर एक धारा अभियान थालिएको हो । रास्कोट नगरपालिका र युनिसेफ नेपालको आर्थिक सहयोगमा रास्कोट नगरपालीकाको वडा न ३ को कोलीगाउ ४५घरधुरीमा मिटर सहितका एक घर एक धारा खानेपानीको निर्माण अभियान सम्पन्न भएको छ ।

रास्कोट नगरपालीका उप्रमुख मिम्सरा शाहीले उद्घाटन गदै ४५ घरधुरीमा स्वच्छ खानेपानी, शौचालय, करेसाबारी, भाँडा सुकाउने चाङ, महिनावारी व्यवस्थापन लगायतका कामहरू हुनेछन ‘स्थानीय सरकारको दिगो विकास लक्ष्य पुग्ने हेतुले एक घर एक धारा र सरसफाई व्यवस्थापनको कामलाई अघि बढाइएको छ ।’नगरपालीकााले विकासका कामलाई तीब्रता दिन केही नीतिगत निर्णयसमेत गरेको नगर उपप्रमुख शाहीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!