कालिकोट जिल्ला बन्यो कोरोना मुक्त

भदौ,३१कालिकोट     जिल्लामा पाटफुट रुपमा देखिएको कोरोना संक्रमितको संख्या शुन्य भएको छ । कालिकोटमा १ सय १ जनामा देखियको कोरोना आजवाट सवैजनालाई निको भएर घर फर्कियका छन ।

 

आज तिलागुफा नगरपालिकाको राचुलिमा वसेका २० जना कोरोना जितेर घर गए संगै जिल्लामा कोरोना संक्रमितको संख्या शुन्य भएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका सुचना अधिकारि कटक महतले वताउनु भयो ।

 

उहाँका अनुसार हाल सम्म पिसिआर परिक्षणको संख्या ५ हजार ६ सय ९० जना र आरडिटि परिक्षण २ हजार ८सय २१ जना रहेका छन । जसमध्ये १ सय जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय वुधवार १ जनाको स्वाव संकलन गरिएको र उहाँको नतिजा आउन वाकि रहेको वताईएको छ ।

 

पचालझरर्ना गाँउपालिकामा मात्र हाल सम्म कोरोना पोजेटिभ देखियकोथिएन भन्े अन्य सवै गाँउ तथा नगरपालिकामा कोरोना पुष्टि भएको थियो । सोमवार उध्घाटन गरिएको कोभिड १९ विषेश अस्पतालको असोज १ गतेवाट उपचार सेवा सुचारु हुने जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!