५० वेडको आइसोलेशन एकिकृत भवनमा

भदौ २४ गते कालिकोट जिल्लामा ५० वेडको आइसोलेशन अस्पतालको काम सकिएको छ । जिल्लामा निमार्ण भएको एकिकृत भवनमा कोरोना अस्पतालको काम सकिएको हो । बुधवार कालिकोट जिल्ला अस्पताल बिकाश समितीका अध्यक्ष सरोज बोगटी बिपिनले न्युज रारालाई बताएका हुन ।उनका अनुसार बिश्वब्यापी कोभिड १९ ले आतङकित गरेको र नेपालमा पनि दिन प्रतिदिन संक्रमित थपिदै गएकाले केन्द्र सरकार तथा प्रदेश सरकारको निर्देशन अनुसार कोरोना अस्पतालको छुट्टै निमार्ण गरीएको बताए ।


साथै अस्पतालको लागि सम्पुर्ण स्वास्थ्य सामाग्री खरिद गर्ने, अस्पतालको आवश्यक ब्यवस्थापन गर्नका लागि करिब दुइ करोड खर्च भएको समेत बताएका छन् । हाल स्थापना गरीएको कोरोना अस्पतालमा भिडियो एक्सरे,साधा एक्सरे,अक्सिजन, भेन्टिलेटर ,लगाएतका सेवा हरु कोराना अस्पतालमा छन् ।
सम्पुर्ण ब्यवस्थापकिय काम सकिएको स्वास्थ सेवा कार्यालय कालिकोटका नि ब्याबस्थापक तथा सूचना अधिकारी कटक बहादुर महत भनाई छ । औपचारिक उद्वघाटन केहि दिन भित्रै कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही द्वारा हुने सूचना अधिकारी कटक बहादुर महतले जानकारी दिए । कालिकोटमा अहिले २० जना कोरोना पोजेटिब देखिएका संक्रमितले भने गाउमै सामान्य उपचार गराईराखेका छज् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!