२५ हजारको लगानीमा कागजबाट नमुना घर र मन्दीर बनाए १९ वषिय देवकोटा

भदौ २४ कालिकोट जिल्लाको शान्नि त्रिवेणि गाउँपालिका –३ का अंकेश देवकोटाले अचम्मको सिप प्रर्दशन गरेका छन् । लकडाउनको अवसर पारेर घरमै वसेर कागज प्रयोग गरि घर मन्दीरको चित्र बनाएर दर्शकलाई अचम्म पारेका छन् । बुधबार सदरमुकाम मान्मको प्रतिमाचोकमा कागजबाट सुन्दर घर र मन्दिर बनाएर प्रर्दशन गरेर स्थानीय नागरिकलाई अचम्म पारेका हुन् । १९ वर्षिय देवकोटाले, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको सदुपयोगसंगै आफ्नो सिप देखाएका छन् ।

विभिन्न कागज प्रयोग गरि उनले मन्दीर र घर बनाएका हुन् । सहर बजारमा बनेका घर जस्तै कागजबाट आफुले घर मन्दीर बनाएरे व्यवसाय थालेको देवकोटाले बताए । उनले भने, मलाई कसैले सिप सिकाएको पनि हैन सानैदेखि कागजबाट विभिन्न किसीमका सामाग्री तयार पार्दै आएको र अहिले मान्ममा रहेको बेला लकडाउनको सदुपयोग गरी घर र मन्दीर बनाएको हुँ ।

उनले आफुले कागजबाट बनाएको घर र मन्दीरका लागि २५ हजार लगानी गरेको बताए । ८ सय भन्दा बढी ग्लुस्टिक, १ सय भन्दा बढी फेविकल फोटोकपी कागज, रङ प्रयोग गरि आफ्नो सिप प्रर्दशन गरेका हुन् । विपन्न परिवारमा जन्मेका देवकोटाले २ महिनाको अवधिमा आफुमा भएको सिप प्रर्दशन गरि प्रतिमाचोकमा नागरिकलाई अच्चमित बनाएका थिए ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!