डिएस्पी श्यामबाबु ओलियाको एक बर्षमा गरेको कामहरु कालिकोटमा

कालीकोट जिल्लाका कार्यालय प्रमुख अफिसरहरु बिदाइ भएर जाने सुखदुख गुनासो साटेर जाने कमै भेटिन्छन । अज राज्यको सुरक्षा बागडोर समालेको गृह प्रशासन प्रहरी अफिसर अहिले सम्म औलामा गन्न सकिने डिएस्पीहरु मात्रै बिदाइ भएर जान्छन आउदा भने ठुलै भेटघाट चियापान गरेर परिचय गर्छन तर कालिकोट प्रहरी प्रशासनमा डिएस्पी लक्ष्मण गुरुङ बाहेक प्राय आफ्नो सट्टा जिल्लामा नपुग्दै हिडिहाल्नु पर्ने हुदा हतारमा निस्किन्छन । प्राय त जिल्लामा बिभिन्न सुरक्षा संबेदनशिलताका हिसाबले अन्तरबिरोधि बनेर कहिले जान्छन थाहा नहुने गरि जाने गर्छन । त्यसैले जिल्लाका राजनितिक दल पत्रकार नागरिक समाजका अगुवाको प्राय गुनासो छ आउदा स्वागत गर्न पाइने जादा बिदाइ गर्न नपाइने, त्यसैले स्वागत र बिदाइ दुबै हुने गरि जिल्लामा अफिसरहरु आउनु पर्ने गुनासो गरेको सुनिन्छ ।

तर अज भन्दा एक वर्ष अघि कालिकोट जिल्लामा भित्रिएका कालिकोट डिएस्पी श्यामबाबु ओलिया बिदाइ गर्ने कामका लागि प्रत्यक्ष नभेटे पनि सोमबार आफ्नो ब्यतिmगत नम्बर बाट कालिकोटका सम्बद्ध सरोकार राख्ने जिल्लाका राजनितिक दलका प्रमुखहरु, पत्रकार तथा मिडिया प्रमुखलाई बिदाइको म्यासेज गरेर बाहिरिएका छन । उनले म्यासेजमा जिल्लामा बसाइका क्रममा जिल्लाको शान्ति सुरक्षा अमन चयनमा पत्रकारहरु र मिडियाका तर्फबाट ठुलो सहयोग पुगेको भन्दै उनले सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका छन ।

डिएस्पी ओलिया कालिकोट प्रहरी प्रमुख भै आएर नेतृत्व समाले पछि जिल्लामा कुनैे अप्रिय घटना भने नभए पनि जिल्लामा सालिन र ब्यवस्थित ढंगले सबैसंगको समन्वयमा शान्ति सुरक्षा कायम गरेको भन्दै उनको कालिकोट बासिले सामाजिक संञ्जालमा प्रशंसा गरेका छन । उनि एक वर्ष १५ दिन कालिकोट बसेर कालिकोटको शान्ति सुरक्षाको नेतृत्व गरेका हुन । अहिले प्रहरीको केन्द्रिय अपराध अनुसन्धान बिभागमा सरुवा भएका हुन । २०७६ भदौ ८ गते कालिकोटको जिल्ला प्रहरी कार्यालयको पदभार ग्रहण गर्नु भएका डिएस्पी श्यामबावु ओलिया कालिकोट बसेर सबैसंग सम्बन्ध ब्यालेन्स गरेर जाने डिएस्पी मध्यका एक हुन ।

२१ वर्ष प्रहरी सेवामा बिताइसकेका ओलिया प्रहरी अफिसर भित्र कालिकोट आएर फरक परिचय दिएका ओलियाको गृहको सरुवा अपराध अनुसन्धान बिभाग काठमाण्डौमा भएका छन । डिएस्पी ओलिया कालिकोट बस्ता सबैले प्रशसां गर्नुपर्ने उनका दुइ तिन वटा सवल गुणहरु छन । पहिलो उनिसंग रहेको गुण उनि सूचना लिने र दिनेमा कहिल्यै पछि परेनन् । उनि सूचना लिने दिनेमा रातिको १२ बजे पछि पनि टेलिफोन रिसिभ गर्नेमा उनि सहज बने, दोेस्रो उनि कसैसंग बढि र कसैसंग कम नजिक रहेर सेवाग्राहीसंगको सम्बन्ध ब्यालेन्समा राख्ने मध्यका एक प्रहरी अफिसर हुन ।

डिएस्पी श्यामबाबु ओलियाको एक बर्षमा गरेको काम

जिल्लामा आए लगतै सात नारा दिएका डिएस्पी ओलिया आफ्नो कार्यकालका अफ्ठेरो परिस्थितीलाई पनि सहजै तह लगाएर फर्किने भएका छन । उनले जिल्लामा आएर लगतै प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जातिय बिभेद हटाउने, घरेलु हिंसामा कडाई गर्ने । मदिरा र जुवा तास अन्त्य गर्ने , छाउपडी प्रथाको अन्त्य गर्ने र आत्महत्या तथा बालबिवाहमा शुन्यता ल्याउने घोषणा थियो । त्यसैमा उनले जिल्ला भरका एक सय बढि गुण्डा गर्दी गर्नेलाई कार्वाही गरेको बताएका छन । जातीय बिभेद र घरेलु हिंसाका दर्जर्नौ मुद्धा दर्ता गरेर कार्वाही गरेको उनको भनाइ छ । फरार अभियुतm मात्रै उनको कार्यकालमा ४० जना भन्दा बढि समातिएका छन । बालबिवाह र छाउपडी प्रथामा उनले जिल्ला भर अभियान नै चलाए ।

प्रहरी प्रशासनलाइ समस्या भनेकै आउने बित्तिकै कुन राजनितिक रंगको हो भन्ने कोणबाट हेर्ने र पछि हुने दलीय राजनितिक झैझगडामा थुनछेक गर्नु परेमा प्रहरी समस्यामा पर्ने अबस्था आउथ्यो उनको कार्यकालमा राजनितिक दृष्टिले तगारो बन्न खोजेको पलाता नेकपा झगडा पनि उनले अन्तत समाधान गरेर छाडे नागरिकहरुसंग बिप्लवले अपरहण गरेको दैलेख ठाटीकाद गाउँपालिका अध्यक्षको अपहरण मुक्त गर्न सफल भएका डिएस्पी ओलियाको कसैलाई काखा र कसैलाई पाखा नगर्ने सन्तुिलत बानी नै उनको सबैभन्दा राम्रो बानी भएको कालिकोट बासिको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!