रेडियो पलाँता आवाजको भवन धुरामा निर्माण हुदै

भदौ १६ गते कालिकोट जिल्ला पलाँता गाउँपालिकामा रहेको रेडियो पलाँता आवाजको काम पुन सामाजिक दुरि कायम गरि शुचारु गरिएको छ । उक्त कार्यक्रममा गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छा ७ का अध्यक्ष बर्ज बहादुर बम ४ का अध्यक्ष ऐनराज महतारा ९ का अध्यक्ष टक्क बहादुर बम बिकाश निर्माण दलका संयोजक कल बहादुर बम उमेश प्राबिधिक काली बहादुर बम पलाँता कालिकोट कैलाली सम्पर्क मञ्च कार्यकारी अध्यक्ष हिमाल न्यौपाने ७ का वडा सहायक कलम बहादुर बम लगाएको टिमले काम शुचारु गरिएको पलाँता निर्माण दल संयोजकले जानकारी दिनुभयो ।

पलाँता ९ मा रहेको रेडियो पलाँता आवाजको आफ्नै भवन पलाँता ७ स्थित धुरामा निर्माण को काम सन्चालक समिती लाई जिम्मा दिई सन्चालक समितीका सदस्य कटक महतारा अब को २० २५ दिनमै सम्पन्न गर्ने गरि लागि पर्ने गाउँ पालिका अध्यक्ष बमले जानकारी दिनुभयो । त्यसै गरि गाउँ पालिकाका प्राबिधिक काली बमका अनुसार गाउँ पालिकाको निर्देशन पछि अब को केही दिनमै रेडियो भवन निर्माणमा खटिएको बताय । पलाँता आवाज पलाँता ९ हुदा पलाँताका केही वडा हरुमा नसुनिने भयपछि पलाँता ७ धुरामा रेडियो बनाउने कार्यपालिकाको निर्णय पछि काम सुरु गरिएको छ । अब पलाँता आवाज पलाँता र पलाँता आसपासका क्षेत्र बाजुरा जुम्ला दैलेख मुगु अक्षाम जाजरकोट लगाएत सुनिने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!