अन्तरसमुदाय र फरक समुदायबिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न

भदौ १६ गते कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा अन्तरसमुदाय र फरक समुदायबिचको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको आयोजनामा वडा नं ३ को मानव अधिकार पैरवी सञ्जालकी अध्यक्ष शारदा बुढाको अध्यक्षता वडा नं ३ का वडा अध्यक्ष टक्क बिष्टको प्रमुख आथित्यतामा भौतिक दुरी कायम गर्दै सम्पन भएको अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दल, नागरिक समाज, संघसंस्था सराेकारवाला निकाय लगायत स्थानीय बासिको सहभागितामा रहेको थियो ।जातीय विभेद र छुवाछुतले मानवीय तथा सामाजिक व्यवहारमा पार्ने असरलाई अन्त्यका लागि समुदाय र अन्तरसमुदाय बिचको अन्तरसम्बन्ध र भूमिकाका सवालमा बहस गरिएको जनाईएको छ ।

साझा आवाज परियोजनाका फिल्ड अधिकृत कृष्ण तिरुवा र INF कालिकोटका टिम लिडर खड्कलाल बिकले संयुक्त रुपमा सहजिकरण गर्नुभएको कार्यक्रममा आगामी दिनमा समुदाय स्तरमा जातीय द्धन्द्ध सिर्जना गर्ने वातावरणलाई अन्त्य गर्नका लागि कालिकोटमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ निरन्तर लागि परेको बताउनुभयो ।विगत ३ वर्ष यता नरहरिनाथ गाउँपालिकामा साझा आवाज परियोजना लागु भएपछी जातीय छुवाछुत र मानव अधिकार र लैंगिक हिंसाका सवालमा वकालत र न्याय भएको अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय लोकेन्द्र बिकले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!