कालिकोटमा ५ दिनका लागि निषेधाज्ञा जारी (फोटो फिचिर)

भदौ,६ कालिकोट  कोभिड(१९ संकट व्यवस्थापन केन्द्र कालीकोटको शुक्रबार बसेको बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय कालीकोटले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

 

कोरोना भाइरस (कोभिड(१९) संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिनु भयो । चाडपर्वका बेला हुने भिड भाडका कारण कोरोनाको संक्रमण फैलिने जोखिम भएकोले पनि निषेधाज्ञा जारी गरिएको हो ।

 

निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द रहने बताइएको छ । कोरोना भाइरसको महामारीबाट थप सजग र सुरक्षित रहन आग्रह गर्दै अन्यत्रबाट कालीकोट जिल्ला प्रवेशमा समेत रोक लगाइएको छ ।

अहिले मान्म बजार सुनसान देखिन्छ।

कर्णालीका दश जिल्लामध्ये प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रगरसहित जुम्ला, हुम्ला, दैलेख र मुगुमा पनि निषेधाज्ञा जारी छ । जुम्लामा अनिश्चितकालीन, मुगु र हुम्लामा भदौ १५ गतेसम्म, वीरेन्द्रनगरमा ९ गतेसम्म र दैलेखमा ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!