सर्विन वोगटीको ‘‘उस्तै छैकी फेरी ’’ वोलको गित सार्वजनिक (भिडियोसहित)

भदै,१ कालिकोट      लोकप्रिय गायक सर्विन बोगटीको सुमधुर आवाजमा नयाँ गीत बजारमा आएको छ। गायक बोगटीकै उत्कृष्ट शब्द भाका रहेको ‘उस्तै छैकी कि फेरी’ बोलको गीत बजारमा आएको हो। गायक बोगटीकै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा टिपिकल शब्द सन्देशहरु समावेश गरिएका छन्।

 

जन्मेहुर्केको ठाउँ उस्तै होला या केही परिवर्तन भयो होला ? कस्तो होला गाउँघर ? भन्दै प्रदेशीयका लाखौ नेपालीहरुको दुःख, संघर्ष, र जीवन कहानीलाई गीतको मुल विषय बनाइएको छ। गीतमा सुस्मिता कुवँर र गायक बोगटीको अभिनय देख्न सकिन्छ।

 

जीबी आग्री र सुनिल पाण्डेको संयुक्त निर्देशनमा तयार पारिएको गीतका दृश्यहरु राजेन्द्र पालले क्यामेरामा कैद गरेका हुन्। गीतको म्युजिक भिडियो सिलन लम्सालले सम्पादन गरेका हुन्।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!