भत्किएको पुल विप्लवका कार्यकर्ताले बनाइदिए,

भदै,१ कालिकोट  नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले जिल्लाको रास्कोट नरपालिका–९ फुगाडमा भत्किएको ठाउमा कच्ची पुल निर्माण गरेका छन ।

 

गत साउन १३ गतेको बाढीले रास्कोटको फुगाडमा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिज सहित झोलुङ्गे पुल बगाएको ठाउँमा विप्लवका नेता तथा कार्यकर्ताहरुले जनश्रमदान बाट आईतवार पुल मर्मत सम्भार गरेका छन्न ।

 

अविरल वर्षासँगै फुगाडमा आएको बाढीले कर्णाली करिडोरको रास्कोट गरपालिका र पचालझरना गाउँपालिका जोड्ने बेलिब्रिज र झोलुङ्गे पुल बगाएपछि रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका, पलाँता गाउँपालिका देखि बाजुरासम्म जान स्थानीय नागरिकहरुलाईजे खिम परेको बेला विप्लवका नेता तथा कार्यकर्ताहरुले कच्ची पुल बनायका हुन।

 

 

नेकपाका जिल्ला इन्चार्ज कर्णबहादुर भण्डारीको नेतृत्वमा जिल्ला सेक्रेटरी मनीला ऐडी रणदीप, विप्लवका जनबर्गीय संगठनका प्रमुखहरु लगायत नेता तथा कार्यकर्ताहरुको जनश्रमदानमा नागरिकको सहजताका लागि पुल निर्माण गरिएको नेकपाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!