कांग्रेसका नेता कार्यकर्ता नेकपामा प्रवेश

कालीकोट, भदै १गते      कालीकोट जिल्लाको महावैमा नेपाली कांग्रेसका दर्जन वढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्। नेकपा आवद्ध क्रान्तिकारी युवा विद्यार्थीहरुले आईतवार आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरि महावै गाउँपालीका ३,४ र ५ वडाका दर्जन वढि युवा नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपा मा प्रवेश गरेका हुन्।

 

आईतवार महावैमा आयोजित कार्यक्रममा रोशन शाही,भुपेन्द्र शाही,पुष्प सुनार,महेन्द्र वहादुर शाही,नरेन्द्र परिवार,सर्जन सुनार,कैला सिंह र भरत सिंह लगाएत र्दजन वढी व्यक्तिले कांग्रेस पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपा कालीकोटका युवा नेता चित्रसिंह गाउँलेले जानकारी दिनुभयो।

 

नवप्रवेशी युवा नेता कार्यकर्तालाई नेकपा जिल्ला कमिटि सचिवालय सदस्य चित्रसिंह गाउँले,खेम वहादुर सिंह,सर्पराज सिंह जिल्ला कमिटि सदस्य मनराज शाही,दुर्गा काफ्रले,गाउकमिटि अध्यक्ष खड्क सिंह र गाउँकमिटि सचिव हर्क शाही लगाएतले स्वागत गनु भयको हो।

 

नेकपाका जिल्ला तथा गाउँ तहका नेताहरुले नव प्रवेसी युवा नेता कार्यकर्तालाई पार्टीका विभिन्न संगठनमा उचित स्थान दिने प्रतिवद्धता समेत व्यक्त गनु भयको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!