खोलाले लियो एकै घरका चारको ज्यान
कालीकोट, साउन ३२ गते , कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ७ को उच्छवखोलाको वाढीले चार जनाको ज्यान लिएको छ । खोला तर्न खोज्दा शिनवार वेलुका आमा संगै तीन जना छोराछोरी खोलामा वगेर ज्यान गुमाएका छन । अछामवाट कालीकोट आफन्त भेट्न आएका आमा छोरा, छोरीलाई खोलाले वगाएको आईतवार मध्यान मात्र जानकारी आएको थियो ।
अछामको खालेकाँडा ताम्कोट हालको पञ्चदेवल नगरपालिका निवासि देवा वोहोरा आफ्नो दिदि रामपुरा वुढालाई भेट्न कालीकोट आउदै गर्दा खोलाले वगाएको हो । आमा छोरा र छोरीले हात समाएर खोला तर्दा खोलाले वगाएर चारै जनाको ज्यान लिएको कालीकोट प्रहरीले जनाएको छ ।
खोलाले वगाएर ज्यान गुमाउनेहरुमा आमा देवा वोहोरा, उहाँकी छोरी वर्ष १४ की विपना वोहोरा, वर्ष सातका छोरा हेमन्त वोहोरा, र एक वर्षकी छोरी आकृती वोहारा रहेका छन । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरिक्षक यक्षराज जोशिले चारै जनालाई खोलाले वगाएको र आज दिउसो मात्र उनिहरुको शव भेटिएको वताउनुभयो ।
खोलाले आमा सहित उहाँका तीन जना छोरा छोरीलाई वगाएको खवर आज बिहान मात्र भयो । प्रहरी चौकी टाढा भएकाले जादै समय लाग्यो वल्ला खोलामा खोज्दै जादा एक सय मिटर तल छुट्टा छुट्टै ठाउँमा सबैको शव भेटिएको वताउनुभयो । यो लगायत बाढी– पहिरो र खोलाले गरि कालिकोटमा दुई साताभित्र २६ जनाको मृत्यु भएको छ ।